Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

कैलालीमा इन्जेक्सन लगाएको दुई मिनेटमै युवाको मृत्यु

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कैलाली,१५ वैशाख । कैलालीको घोडाघोडी नगरपालिका–८ का ३५ वर्षीय निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमै निधन भएको छ।

- Advertisement -

स्रोतका अनुसार शाही सोमबार बिहान टाउको दुखेपछि दहित मेडिकल नामक स्थानिय स्वास्थ्य केन्द्र पुगेका थिए। मेडिकल सञ्चालक इन्द्र दहित काठमाडौंमा रहेका बेला कार्यरत ल्याब असिस्टेन्ट महाबिर चौधरीले उनलाई जन्डिस भएको भन्दै इन्जेक्सन दिएका थिए। तर सुई लगाएको केही समयमै शाहीको अवस्था गम्भीर बनेको प्रत्यक्षदर्शीले बताएका छन्।

“मलाई सलाइन चढाइँदै थियो। त्यही बेला निरजलाई इन्जेक्सन दिइयो,” उपचार गराउन आएका अर्का बिरामी खडकबहादुर साउँदले सुनाए, “सुई लगाउनासाथ उनी खोक्न थाले। मुखबाट फिज निस्कियो र केही क्षणमै छटपटिएर मृत्यु भए।”

- Advertisement -

शाहीका ससुरा रामबहादुर शाहीले बिहानै सँगै चिया–खाजा खाएर ज्वाइँ मेडिकल गएका थिए भने केही मिनेटमै निधनको खबर सुन्नु परेको बताए। “केही नभएका मान्छे एक्कासि मर्नु अन्याय हो। दोषीलाई कारबाही होस्,” उनले भने।

इन्जेक्सन लगाउने ल्याब असिस्टेन्ट चौधरी घटना भएपछि फरार भएका छन्। घटना थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी रमेश अवस्थीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रहरीले फरार चौधरीको खोजी तीव्र बनाएको जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ। घटनापछि मृतकका आफन्त र स्थानीय आक्रोशित हुँदै मेडिकल अगाडि भिड जम्मा भएको छ।

ताजा समाचार

spot_img

थप समाचार