Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

राष्ट्रपति पौडेलले वैशाख १९ गते संसद् संयुक्त सदनलाई सम्बोधन गर्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख १९ गते संघीय संसद्का दुवै सदन—प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।

सो निर्णय सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकबाट भएको हो। बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकारलाई जानकारी दिँदै राष्ट्रपति पौडेलले दिउँसो ३ बजे संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने बताए।

उनका अनुसार मन्त्रिपरिषद् बैठकले केही मन्त्री, सचिव तथा आयोगका पदाधिकारीहरूको विदेश भ्रमणसमेत स्वीकृत गरेको छ। यद्यपि, चर्चामा रहेको शिक्षक आन्दोलनसम्बन्धी कुनै निर्णय आजको बैठकमा नभएको मन्त्री गुरुङले स्पष्ट पारे।

संविधानतः राष्ट्रपतिले प्रत्येक वर्ष संघीय संसद्को अधिवेशन प्रारम्भमा संयुक्त सदनमा सम्बोधन गर्ने प्रावधान छ।

ताजा समाचार

थप समाचार