काठमाडौं,१६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख १९ गते संघीय संसद्का दुवै सदन—प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।


सो निर्णय सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकबाट भएको हो। बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकारलाई जानकारी दिँदै राष्ट्रपति पौडेलले दिउँसो ३ बजे संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने बताए।
उनका अनुसार मन्त्रिपरिषद् बैठकले केही मन्त्री, सचिव तथा आयोगका पदाधिकारीहरूको विदेश भ्रमणसमेत स्वीकृत गरेको छ। यद्यपि, चर्चामा रहेको शिक्षक आन्दोलनसम्बन्धी कुनै निर्णय आजको बैठकमा नभएको मन्त्री गुरुङले स्पष्ट पारे।

संविधानतः राष्ट्रपतिले प्रत्येक वर्ष संघीय संसद्को अधिवेशन प्रारम्भमा संयुक्त सदनमा सम्बोधन गर्ने प्रावधान छ।