Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...

चितवनमा अनुमति प्राप्त ११...

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय...

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...
spot_img

जनकपुरमा जानकी जन्मोत्सव सुरु

spot_img

जनकपुर,१६ वैशाख । जनकपुरस्थित ऐतिहासिक जानकी मन्दिरमा पवित्र जानकी जन्मोत्सवका अवसरमा सोमबारदेखि औपचारिक कार्यक्रमहरू सुरु भएका छन्। मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार हरेक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदैछन्।

मन्दिर परिसरमा अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी छ, जसले धार्मिक वातावरणलाई थप गहन बनाएको छ।

जन्मोत्सवको मुख्य आकर्षण वैशाख २३ गते मंगलबार हुनेछ। सो दिन बिहान ५ बजे जानकीको शाही स्नानका लागि शोभायात्रा दूधमती नदीसम्म निस्कनेछ। त्यसपछि अपराह्न १२ बजे जन्म आरती तथा बधाई कार्यक्रम, दिउँसो ४ बजे भव्य डोला शोभा यात्रा, साँझ ७ बजे विशेष आरती र दीपोत्सव गरिने कार्यक्रम तय गरिएको छ।

त्यसै दिन मानस मोहिनी सध्या देवीबाट विशेष रामकथा वाचन पनि गरिने जानकारी महन्थ दासले दिएका छन्। उनका अनुसार जानकी जन्मोत्सवलाई भव्य र भक्ति भावले सम्पन्न गर्न सम्पूर्ण जनकपुरधाममा व्यापक तयारी गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय