Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

जनमत र नागरिक उन्मुक्ति पार्टी एकता: नयाँ पार्टी वैशाख १९ मा दर्ता हुँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१६ वैशाख ।  डा. सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने पक्का भएको छ। दुई दलबीचको एकता पछि बन्ने नयाँ पार्टीको नाम जनमत पार्टी नै रहनेछ र वैशाख १९ गते निर्वाचन आयोगमा दर्ता गरिनेछ।

दुवै पक्षबीच वैशाख १७ गते एकता घोषणा गरिनेछ। सो दिन नै एकीकृत पार्टीको केन्द्रीय समिति गठन गरी निर्वाचन आयोगमा दल दर्ता गर्न आवश्यक निर्णयहरू लिइने जनाइएको छ। वैशाख १८ गते सार्वजनिक बिदा परेकाले १९ गते आयोगमा निवेदन दिने तय भएको हो।

नयाँ पार्टीमा ७०० सदस्यीय केन्द्रीय समिति रहनेछ, जसमा दुवै पार्टीबाट समान संख्यामा प्रतिनिधित्व हुनेछ। पदाधिकारी संख्या ५१ जना रहनेछ, जसमध्ये २५ जना नागरिक उन्मुक्तिपक्षबाट रहनेछन्, रेशम चौधरी संरक्षकका रूपमा रहनेछन्।

नागरिक उन्मुक्ति पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले एकता प्रक्रिया अनुमोदन गरेको पार्टीका महासचिव गंगाराम चौधरीले जानकारी दिए।

संरक्षक रेशम चौधरीले बैठकमा बोलेका थिए, “दुई पार्टीको एकताले नयाँ राजनीतिक इतिहास रच्नेछ, यो पार्टी अब सबैको साझा राजनीतिक घर बन्नेछ।”

ताजा समाचार

थप समाचार