Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

जनमत र नागरिक उन्मुक्ति पार्टी एकता: नयाँ पार्टी वैशाख १९ मा दर्ता हुँदै

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१६ वैशाख ।  डा. सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने पक्का भएको छ। दुई दलबीचको एकता पछि बन्ने नयाँ पार्टीको नाम जनमत पार्टी नै रहनेछ र वैशाख १९ गते निर्वाचन आयोगमा दर्ता गरिनेछ।

- Advertisement -

दुवै पक्षबीच वैशाख १७ गते एकता घोषणा गरिनेछ। सो दिन नै एकीकृत पार्टीको केन्द्रीय समिति गठन गरी निर्वाचन आयोगमा दल दर्ता गर्न आवश्यक निर्णयहरू लिइने जनाइएको छ। वैशाख १८ गते सार्वजनिक बिदा परेकाले १९ गते आयोगमा निवेदन दिने तय भएको हो।

नयाँ पार्टीमा ७०० सदस्यीय केन्द्रीय समिति रहनेछ, जसमा दुवै पार्टीबाट समान संख्यामा प्रतिनिधित्व हुनेछ। पदाधिकारी संख्या ५१ जना रहनेछ, जसमध्ये २५ जना नागरिक उन्मुक्तिपक्षबाट रहनेछन्, रेशम चौधरी संरक्षकका रूपमा रहनेछन्।

- Advertisement -

नागरिक उन्मुक्ति पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले एकता प्रक्रिया अनुमोदन गरेको पार्टीका महासचिव गंगाराम चौधरीले जानकारी दिए।

संरक्षक रेशम चौधरीले बैठकमा बोलेका थिए, “दुई पार्टीको एकताले नयाँ राजनीतिक इतिहास रच्नेछ, यो पार्टी अब सबैको साझा राजनीतिक घर बन्नेछ।”

ताजा समाचार

spot_img

थप समाचार