Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

नेपाल प्रहरीमा ६ डीआईजी एआईजीमा बढुवा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१६ बैशाख । सरकारले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ। गृह मन्त्रालयको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

- Advertisement -

बढुवा हुने डीआईजीहरूमा चन्द्रकुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसी रहेका छन्। गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको गत वैशाख ४ गते बसेको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो।

यो बढुवासँगै नेपाल प्रहरीको भावी महानिरीक्षक (आईजीपी) को दौड सुरु भएको छ। विद्यमान कानुनी व्यवस्था अनुसार ३० वर्षे सेवा अवधि कायम रहेमा वर्तमान आईजी दीपक थापा आगामी भदौ १९ गते अवकाश हुनेछन्।

- Advertisement -

यदि नयाँ कानुन नआएमा, थापाकै ब्याचका तर दुई महिना ढिलो नियुक्तिपत्र पाएका चन्द्रकुवेर खापुङ वा कृष्णहरि शर्मा पोखरेलमध्ये एकजना ३२ औँ आईजीपी बन्ने सम्भावना छ। जसले उक्त पद पाउनेछ, उनले आगामी कात्तिक २६ गतेसम्म प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्। त्यसपछि दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीमध्येबाट ३३ औँ आईजीपी नियुक्त हुनेछन्।

यसैबीच, भर्खरै बढुवा भएका एआईजी लालमणी आचार्यले आउँदो जेठ महिनामा अनिवार्य अवकाश पाउने भएका छन्। यससँगै प्रहरीमा एक एआईजीको पद खाली हुनेछ र सो पदमा बढुवामा छुटेका डीआईजीहरूलाई बढुवा गर्ने बाटो खुल्ने देखिएको छ।

ताजा समाचार

spot_img

थप समाचार