काठमाडौं,१६ बैशाख । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानको भवनलाई पार्टी कार्यालयका रूपमा प्रयोग गरेकोमा कडा आपत्ति जनाएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले उक्त प्रतिष्ठानको प्रयोग नै विवादास्पद भएको टिप्पणी गरे।


“सामाजिक कार्यका लागि निर्माण गरिएको प्रतिष्ठान अहिले पार्टी कार्यालय बनेको छ,” उनले भने, “म प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोध्न चाहन्छु — तुलसीलाल स्मृति प्रतिष्ठान सामाजिक संस्था हो कि व्यापारिक संस्था?”
सांसद साहले प्रतिष्ठानको नाममा नेताहरूले सरकारी बजेटको दुरुपयोग गरिरहेको आरोपसमेत लगाए। उनका अनुसार यस्तो कार्यले समाजमा गलत सन्देश दिनेछ र सार्वजनिक संस्थाको चरित्र नै धमिलिनेछ।