Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

सिरहामा मालपोत कर्मचारीको डेराबाट...

सिरहा,३० जेठ । सिरहाको जिल्ला सदरमुकामस्थित मालपोत कार्यालयका कर्मचारी राजकुमार रायको डेराबाट कार्यालयका...

मधेश प्रदेशका तेस्रो सांसद...

जनकपुर,३० जेठ । मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोजसिंह कुशवाहा...

धनुषामा सुनचाँदी व्यवसायीको आन्दोलन...

जनकपुर,३० जेठ ।  सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएको दुई प्रतिशत ‘विलासिता कर’को...

सिरहामा लागुऔषधसहित सात जना...

 जनकपुर,३० जेठ । सिरहा प्रहरीले पछिल्लो तीन छुट्टाछुट्टै कारबाहीमा लागुऔषध कारोबार तथा सेवनमा...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
40.6 C
Birgunj
spot_imgspot_imgspot_img

अरविन्दर दासको बदमासीले बारामा पैसामा बिक्छ चालक अनुमतिपत्र, पैसा दिए पास, नदिए ग्यारेन्टी फेल

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा, ६ जेठ – यातायात व्यवस्था कार्यालय, बारा (कलैया) का प्रमुख अरविन्दर दास घुस लिएर नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिरहेको खुलासा भएको छ। उनले राज्यले बनाएका ऐन, नियम, कानुनको उल्लङ्घन गर्दै दलालमार्फत पैसा असुल गरी लाइसेन्सको किनबेच गरिरहेको पाइएको छ।

- Advertisement -

सवारी चलाउन नजान्ने व्यक्तिलाई समेत लाइसेन्स वितरण भइरहेको भन्दै कार्यालयका एक कर्मचारीले नाम नखुलाउने शर्तमा जानकारी दिएका छन्। उनका अनुसार, दास सरुवा भएर आएपछि घुस दिएर लाइसेन्स लिने प्रवृत्तिका कारण सेवाग्राहीको भीड अत्यधिक बढेको छ।

यसअघि पर्सा र रौतहट (गौर) का यातायात कार्यालयमा कार्यरत हुँदा पनि दास घुसकाण्डमा मुछिएका थिए। उनले बारा आएका पछि पनि त्यही पुरानो शैलीलाई निरन्तरता दिएका छन्।

- Advertisement -

जानकारी अनुसार, दुईपांग्रे सवारीका लागि १० हजारदेखि १२ हजार रुपैयाँसम्म, र चारपांग्रे सवारीका लागि ३० देखि ३५ हजार रुपैयाँसम्ममा दलालमार्फत लाइसेन्सको ‘सेटिङ’ मिलाइन्छ। उक्त रकममध्ये ५०–६० प्रतिशत कार्यालय प्रमुखको भागमा जाने गरेको दलालहरूले बताएका छन्।

मोटरसाइकल वा स्कुटरको लिखित तथा ट्रायल परीक्षा पनि घुस नबुझाए पास नहुने व्यवस्था दासले मिलाएको बताइएको छ। ट्रायल नदिईकनै लाइसेन्स लिन सकिन्छ भन्ने कुरा बाराको आमजनमा प्रस्ट भइसकेको छ।

चारपांग्रे सवारी चलाउन नजानेलाई समेत पैसा लिएर लाइसेन्स दिइने गरिएको छ। कर्मचारी र दलालको मिलेमतोमा लिखित परीक्षा पास गराइन्छ र ट्रायलमा सेवाग्राही उपस्थित नभए पनि ड्रेस परिवर्तन गरी अर्कैले ट्रायल दिने गरेको स्रोतको दाबी छ।

यस्तो गम्भीर प्रकृतिको काण्ड देशभरकै अन्य कार्यालयमा नदेखिएको र बारा कार्यालयमै मात्र यस्तो व्यापक रुपमा भइरहेको एक दलालले नेपाल पोष्टका संवाददातासँग खुलेर स्वीकार गरेका छन्। ती व्यक्तिका अनुसार, उनले स्वयं यसरी दर्जनौं लाइसेन्स बनाइसकेका छन्।

सेवाग्राहीहरूमध्ये केहीले प्रमुख दास राजनीतिक नेताहरूलाई लुटेरा भन्दै आलोचना गर्ने गरेकाे तर आफू भने भ्रष्टाचारमा लिप्त रहेको गुनासो गरेका छन्।

प्रमुख दासको कार्यकालमा जारी भएका लाइसेन्सको विवरण समाचार प्रयोजनका लागि माग्दा समेत कार्यालयले जानकारी दिन अस्वीकार गरेको छ। सूचना मागेको महिनौं बितिसक्दा पनि सूचना नदिई सूचनाको हकसम्बन्धी ऐनको उल्लङ्घन भइरहेको छ।

यतिमात्र नभई, दासले हरेक शाखाका प्रमुखलाई दैनिक राजस्वभन्दा बढी रकम असुल गर्न लगाउने गरेका छन्। उनले दैनिक ‘लेवी’ उठाउने प्रथा बसालेका छन्। पर्याप्त लेवी नउठाउने शाखा प्रमुखलाई धम्क्याउने, सरुवा गरिदिने जस्ता कार्य समेत दासले गरिरहेको स्रोतले बताएको छ। साथै, उनले कर्मचारीलाई मन्त्रालय तथा मुख्यमन्त्रीसम्म बुझाउनु पर्ने नाममा सेवाग्राहीसँग अवैध रकम असुल्न निर्देशन दिने गरेको समेत खुलासा भएको छ।

ताजा समाचार

spot_img

थप समाचार