काठमाडाैं,२० वैशाख । गर्मीको मौसममा शरीरमा पानीको आवश्यकता बढ्दो छ, र चिकित्सकहरूले यस समयमा उचित पानी सेवनमा विशेष ध्यान दिनको सल्लाह दिएका छन्। उच्च तापमान र पसिना धेरै आउने कारण शरीरलाई हाइड्रेटेड राख्न महत्त्वपूर्ण हुन्छ।


सामान्यतया, एक वयस्कले गर्मीको समयमा दैनिक २.५ देखि ३.५ लिटर पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। शारीरिक गतिविधि बढी गर्ने वा घाममा लामो समय बिताउने व्यक्तिहरूलाई अझ बढी पानीको आवश्यकता हुन्छ।
पानी मात्र पिउनु पर्याप्त हुँदैन, नियमित अन्तरालमा पानी पिउनु र तिर्छा लाग्दा बिना विलम्ब पानीको सेवनले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ र डिहाइड्रेसनजस्ता समस्याबाट बच्न सकिन्छ।

त्यसैगरी, पानीसँगै झोलयुक्त पदार्थ, फलफूल र तरकारीको सेवन बढाउन चिकित्सकहरूले सल्लाह दिएका छन्। पानीको लागि कफी, चिया वा चिसो पेय पदार्थमा मात्र निर्भर हुनु स्वास्थ्यको दृष्टिले उचित हुँदैन।