Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

सिम्रौनगढमा नगरप्रमुखको कुटपिट, प्रशासकीय अधिकृत घाइते

spot_img

बारा,२० बैशाख । सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालमाथि नगरप्रमुख किशोरी साह कलवारले कुटपिट गरेको आरोप लागेको छ। कानुनी प्रक्रिया नमानि जबर्जस्ती भुक्तानी गर्न दवाव दिँदा अस्वीकार गरेपछि वैशाख १६ गते नगरप्रमुखको निजी निवासमा जयसवालमाथि हातपात गरिएको बताइएको हो।

जयसवालले जिल्ला प्रशासन कार्यालय, बारामा उजुरी दर्ता गराएका छन् भने सो घटनाको विरोधमा नगरपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। आक्रोशित कर्मचारीहरूले सम्पूर्ण प्रशासनिक सेवा ठप्प पारेका छन्, जसले दैनिक कामकाजका लागि आउने सेवाग्राहीहरूलाई ठूलो असहजता परेको छ।

आन्दोलनरत कर्मचारीहरूले दोषी नगरप्रमुखमाथि कडा कारबाहीको माग गर्दै दोषी पुष्टि नभएसम्म सेवा बहिष्कार जारी राख्ने चेतावनी दिएका छन्। यो घटनाले स्थानीय तहमा हुने राजनीतिक हस्तक्षेप र कानुनी मान्यता उल्लंघनप्रति गम्भीर बहस सुरु गराएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय