Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

सरकारको कमजोरीले विमानस्थल बन्द, व्यवसायीलाई क्षतिपूर्ति दिनु पर्ने : प्रभु साह

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बुटवल,२० बैशाख । आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले सरकारको कमजोरीका कारण गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा नचल्दा मर्कामा परेका व्यवसायीलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

- Advertisement -

शनिबार भैरहवामा पत्रकारसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका शाहले विमानस्थल चल्ने आशामा व्यवसायीले अर्बौं लगनी गरेका तर नचल्दा लगानी जोखिममा परेकाले सरकारले क्ष्तिपूर्ति दिनुपर्ने तर्क गरे ।

एअरपोर्ट नचलेका कारण व्यवसायीको पूँजी डुबिरहेको र विमानस्थललाई लक्षित गर्दै सञ्चालनमा आएका होटल र पर्यटन व्यवसाय धरासायी भएका भन्दै शाहले प्रधानमन्त्री र पर्यटनमन्त्रीले एअरपोर्ट चलाउन किन नसकेको भन्दै प्रश्न गरे ।

- Advertisement -

‘विमानस्थल नचलेपछि व्यवसायी संकटमा छन्, पर्यटक आउँछन् भनेर व्यवसायीले लगानी गरे । तर, अहिले त्यो लगानी धरापमा छ’, उनले भने, ‘म अर्थमन्त्रीलाई भन्न चाहन्छु, सरकारले व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्छ ।’

उनले एउटा एअरपोर्ट चलाउन नसक्ने प्रधानमन्त्रीले देश कसरी चलाउन सक्नहुन्छ भन्दै प्रश्न गरेका छन् । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ कि आउँदैन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका हुन् ।

शाहले वर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी नभएको उनले आरोप समेत लगाए । प्रतिनिधि सभा सदस्य समेत रहेका साहले अहिले देशमा लुटतन्त्र र दलतन्त्र हावी रहेको दाबी गरे ।

अहिलेसम्म पुरानै नेताले शासन गरिरहेको उनले बताए । जनादेशविपरीत एमाले–काँग्रेस मिलेर बनेको यो सरकार जनविरोधी र आप्राकृतिक भएको उनले जिकिर गरे । अहिले मुलुकमा दुई दलको मनोमानी र अत्याचार बढेको उनको भनाइ छ ।

यसअघि प्रतिनिधि सभा सदस्य एवं पुर्व पर्यटन मन्त्री प्रेम आलेले विमानस्थलबाट अन्तराष्ट्रिय उडान नहुंदा व्यवसायीहरु आत्महत्या गर्ने अवस्थामा पुगेको बताएका थिए । उनले विमानस्थलका लागि ४ सय बिघा बढी जग्गा जथाभावी अधिग्रहण गरेर राज्यलाई भार बोकाएको तर विमानस्थलमा भैंसी चरण र माछापालन गर्न उपयुक्त हुने टिप्पणी गरेका थिए ।

ताजा समाचार

spot_img

थप समाचार