Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

पालिकास्तरसम्म संयन्त्र बनाउने निर्णय गलत : डा. शेखर कोइराला

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२२ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेसँग भएको सात बुँदेको कार्यान्वयनमा चुकेको टिप्पणी गरेका छन् । सोमबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

- Advertisement -

‘सात बुँदे सम्झौतामा यो सरकार बनेको हो । सात बुँदेका कुराहरू जुन छन्, संविधान पुनरावलोकन गर्ने कुरा, आर्थिक सुधार, भ्रष्टाचार अन्त्य गर्ने कुरा, दण्डहिनताको अन्त्य र सुशासनको कुरामा सरकार चुकेको छ,’ उनले भने । संविधान पुनरावलोकन गर्न संसद्‌भित्र भएका सबै दलको प्रतिनिधित्व गरेर सरोकारवालालाई समावेश गरेर अघि बढ्न सक्नुपर्ने उनले बताए ।

उनले आफ्नो पार्टीमा सरकारबारे कुनै समस्या नभएको पनि जिकिर गरे । ‘नेपाली कांग्रेसभित्र कुनै समस्या छैन । त्यो उहाँ (एमाले) हरूलाई लागेको छ । कति मिडियाले गलत प्रचार पनि गर्छन् । यो सरकारलाई असफल हुने छुट छैन,’ कोइरालाले भने ।

- Advertisement -

उनले सरकारमा सँगै रहेका दलहरूबीच पालिकास्तरसम्म संयन्त्र बनाउने निर्णय गलत भएको पनि बताए । ‘बाहिर बसेका संयन्त्र बनाउन हुँदैन । डेमोक्रेटिक सिस्टममा जाने हो भने सरकारभित्र संयन्त्र बनाउनुस्, बाहिरको संयन्त्र बनाउने होइन,’ कोइरालाले भने, ‘पालिकासम्म संयन्त्र बनाएर जाने भनेर नेपाली कांग्रेस र एमालेले निर्णय गरेको छ, त्यो गलत छ भनेको हो ।’

ताजा समाचार

spot_img

थप समाचार