काठमाडौं, २५ वैशाख । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। बुधबार १ हजार ७ सय रुपैयाँले वृद्धि भएको सुनको भाउ बिहीबार पनि ६ सय रुपैयाँले बढेको छ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार यसको मूल्य १ लाख ९१ हजार ६ सय रुपैयाँ रहेको थियो।
उता, चाँदीको मूल्यमा भने कमी आएको छ। बुधबार तोलाको १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १० रुपैयाँ घटेर १ हजार ९ सय ५५ रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ।
