Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

साइबर अपराधमा अभियुक्त चौरसियाले बदला लिन बुवामार्फत झुठा मुद्दा दायर !

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज, २५ वैशाख – “आफूलाई पत्रकार“ भन्दै आएका पर्साका एक युवकले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजलाई गुमराहमा पार्न सफल भएका छन् । वीरगंजका रञ्जित चौरसियाले हुदै नभएको घटनालाई नक्कली तथा कीर्ते वितरण तयार गरी झुठा मुद्दा दर्ता गराउँदै पाँच जनालाई फसाउने प्रयास गरेका छन् ।

- Advertisement -

शुरुमा चौरसियाका बुवा जाहेरवाला सुबाष प्रसाद चौरसियाले घटनालाई लिएर मुद्दा दर्ता गराउन खोजेपनि प्रहरीले विवरण झुठो रहेको देखिपछि मुद्दा दर्ता नगरेको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी पर्साले घटना अतिरञ्ति रहेको बुझेपछि उजुरी लिन नमानेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चौरसियाका बुवाले उच्च अदालतमा झुठो बिवरण पेश गरेको र उच्च अदालतले निर्देशनात्मक आदेश गरेपछि मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । निर्दोष व्यक्तिहरुलाई फसाउँन चौरसियाले झुठो वितरण र किर्ते कागजातहरु पेश गरेको पिडितका परिवारजनले बताएका छन् ।

- Advertisement -

पिडित परिवारका अनुसार बिन्दबासिनी गाउँपालिकामा भएको सामान्य घरेलु विवादलाई अतिरञ्जित गर्दै छुरा प्रहार भएको झुठो विवरण अदालतमा पेश गरिएको देखिन्छ । चौरसियाले विभिन्न व्यक्तिहरूलाई सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने, बेइज्जती र अमानवीय शब्द प्रयोग गर्दै स्टाटस लेखेपछि तत्कालीन पोखरिया नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव सहित पाँच जनाले संयुक्त रूपमा साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दामा तत्काल फरार रहेका चौरसिया पछि अदालतमा हाजिर भई ७५ हजार धरौटीमा रिहा भएका थिए ।

त्यसैको प्रतिशोध स्वरुप आफ्नो बुवालाई अगाडी सार्दै चौरसियाले पाँच निर्दोष व्यक्तिलाई फसाउन खोजेको देखिन्छ । आफ्नै गतिबिधिका कारण पत्रकार तथा सामाजिक क्षेत्रबाट समेत बहिष्कृत चौरसिया झुठो उजुरी दिएर आफैं दोषी सावित हुँदै कारबाहीको भागीदार बन्ने अवस्थामा पुगेका छन् ।

स्थानीयका अनुसार चौरसियाका बुबालाई कुनै प्रकारको कुटपिट भएको थिएन । उनी पूर्णरुपमा सकुशल रहेका र यातायात व्यवस्था कार्यालय पर्सा अगाडि दैनिक देखिने गरेका छन् । स्थानियहरुका अनुसार चौरसियाका बुवा यातायात कार्यालय पर्सामा बिचौलियाको काममा सकृय रहेका छन् ।

घटनास्थलमा उपस्थिति नै नरहेका व्यक्तिहरूलाई पनि मुद्दामा तानिएकोप्रति स्थानीय राजनीतिक र सामाजिक तहमा आक्रोश देखिएको छ । अदालतलाई गुमराह पार्न खोजिएको यस कार्यलाई अत्यन्त निन्दनीय भन्दै सर्वसाधारणले भित्र भित्रै जुर्मुराएका छन् ।

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले शुरुमा झुठा विवरण भएका कारण मुद्दा दर्ता नगरिएको र छलफलबाट विवाद समाधान गर्न सुझाइएको बताएका छन् । तर, चौरसियाले अदालतबाट परमादेश गराएपछि अनुसन्धान गर्न प्रहरी बाध्य भएको बताए । अदालतको निर्देशन ५ जना मध्ये २ जनालाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक मिश्रले बताए ।

अनुसन्धानको प्रारम्भिक तथ्यांक हेर्दा झुटो उजुरी दिइएको स्पष्ट देखिएको र अदालतलाई समेत गुमराह पार्न खोजिएको भन्दै मुद्दा दर्ता गराउनेमाथि पनि कारबाही हुनसक्ने देखिएको छ ।

यसअघि साइबर क्राइमको मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्साको टोली चौरसियालाई पक्राउ गर्न जाँदा जिल्लाकै एक भ्रष्ट प्रहरी सहायक निरीक्षकले चौरसियालाई फोनमार्फत सूचना दिएर घरबाट भाग्न सहयोग गरेको आरोप समेत छ ।

पटक–पटक विवादमा मुछिंदै आएका चौरसिया हाल फेरि अदालतलाई गुमराहमा पार्न सफल भएको देखिन्छ । उनले स्वच्छ छवि भएका राजनीतिककर्मी र पत्रकारहरूलाई बदनाम गराउने प्रयास समेत गरिरहेको भन्दै चाँडै पत्रकार समुदायबाटै विरोधका स्वर उठ्नसक्ने समावादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष तथा कालिका टाइम्स दैनिकका सम्पादक शम्भु कुमार सुमनले बताए ।

झुठा मुद्दामा पक्राउ परेका पोखरीया नगरपालिका तत्कालिन नि. प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवसँग अबैध रुपमा पैसा माग गरेको तथा दिन नमानेपछि समाजिक सञ्चालमा चरित्र हत्या गर्ने स्टाटस चौरसिायले लेखेका थिए । आरोपी बनाएका अन्यहरु व्यक्तिहरुको समेत चौरसियाले समाजिक सञ्जाल फेसबुकमा तथानाम गाली बेइज्जती हुने गरी स्टाटस लेखेका थिए ।

निर्दोष व्यक्तिलाई फसाउँने जस्ता जघन्य अपराधमा समलग्न रहेको रन्जित चौरसिया,उनका बुवा सुबास प्रसाद चौरसिया र घटनालाई अतिरन्जित बनाउँने मुख्य योजनाकार राघव साहलाई कानुनी दायरामा ल्याउँन कुनै कसर बाकी नराख्ने नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य मनोज चौधरीले बताए ।

ताजा समाचार

spot_img

थप समाचार