Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026
Date
बुध, पुस ३०, २०८२
Wed, January 14, 2026

महाधिवेशन विवादपछि कांग्रेस औपचारिक...

काठमाडौं -  लामो समयदेखि जारी आन्तरिक द्वन्द्व, वैचारिक असहमति र नेतृत्वप्रति बढ्दो असन्तुष्टिका...

नेशनल मेडिकल कलेज र...

वीरगञ्ज–३० पुस - नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल, वीरगञ्जबीच...

त्रिभुवन राजपथ सिफ्ट प्रकरणः...

वीरगञ्ज, ३० पुस — वीरगञ्ज बचाउ युवा व्यापारी संघर्ष समितिको अगुवाइमा दायर गरिएको त्रिभुवन...

राजनीतिक अस्थिरताले देशलाई खतरा,...

वीरगञ्ज, ३० पुस - मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय संयोजक एवं मानवअधिकारकर्मी...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
12.6 C
Birgunj
spot_img

जीतपुर-ठोरी सडकको बीचमै विद्युत पोलले सवारी जोखिम बढायो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,२५ बैशाख । हालै निर्माण सम्पन्न भएको जीतपुरसिमरा–ठोरी सडकखण्डमा सडकको बीचमै विद्युत पोलका कारण सवारी दुर्घटनाको जोखिम अत्यधिक बढेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।

जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जीतपुर बजारबाट पर्साको ठोरीतर्फ जाने सडकखण्डमा ढलानको काम सम्पन्न भए पनि बीच भागमा रहेका विद्युत पोलहरू यथावत् राखिएको पाइन्छ। यिनै पोलहरू सडक दुर्घटनाको निम्तो बन्नसक्ने भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्।

स्थानीय एक बासिन्दाले भने, “सडकको बीच भागमै पोल ठडिएको छ, जुन कुनै पनि बेला दुर्घटनाको कारण बन्न सक्छ। दैनिक सयौं मोटरसाइकल, अटो र साना गाडीहरू यहाँबाट गुड्छन्, तर पोलले सवारी आवागमनमा ठुलो समस्या बनाएको छ।”

सडक विस्तार र मर्मतका क्रममा नेपाल विद्युत प्राधिकरण, स्थानीय सरकार र सडक डिभिजन कार्यालयबीच आवश्यक समन्वयको अभावका कारण यस्तो अवस्था उत्पन्न भएको स्थानीयको भनाइ छ।

स्थानीयहरूले सार्वजनिक सुरक्षालाई ख्याल गर्दै विद्युत पोल तत्काल हटाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्। उनीहरूले चेतावनी दिएका छन् कि जनजीवनसँग प्रत्यक्ष सम्बन्धित विषयमा यति लापरवाही हुनु गम्भीर लापरबाहीको संकेत हो र यसप्रति चुप लागेर बस्न सकिँदैन।

ताजा समाचार

थप समाचार