काठमाडौ,२६ वैशाख । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद बीना जैसवालले नेपाल सधैं शान्तिको पक्षमा उभिने राष्ट्र भएको स्पष्ट पार्दै आतंकवादको विरुद्ध दृढ रूपमा उभिएकोमा समर्थन जनाएकी छन्।


उनले नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयद्वारा भारतलाई दिइएको आतंकवादविरुद्धको समर्थनको स्वागत गर्दै नेपालको भूमि कुनै पनि आतङ्ककारी गतिविधिमा प्रयोग हुन नदिन अन्तर्राष्ट्रिय समुदायलाई स्पष्ट सन्देश दिनुपर्नेमा जोड दिइन्।
‘राष्ट्रिय सुरक्षामा नेपालले कहिल्यै सम्झौता गर्ने छैन,’ उनले भनिन्, ‘नेपालको भूमिमा कुनै बाह्य प्रभाव नपरोस् भन्ने प्रतिबद्धता हामीले अन्तर्राष्ट्रिय मञ्चमा पनि स्पष्ट रुपमा व्यक्त गर्नुपर्छ।’