Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

एकै स्वास्थ्य प्रतिष्ठानको पटक–पटक शिलान्यास हुँदा स्थानीयमा आशा र शंका दुवै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सप्तरी,२६ वैशाख । एकै स्वास्थ्य प्रतिष्ठानको पटक–पटक शिलान्यास हुँदा स्थानीयमा आशा र शंका दुवै बढेका छन्।

२०७५ सालमा मन्त्रिपरिषद्ले सप्तरीको राजविराजमा ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना गर्ने निर्णय गरेको थियो। २०७८ जेठमा नगरपालिकाले उपलब्ध गराएको ६२ बिघा जग्गा प्रतिष्ठानलाई ३० वर्षका लागि भाडामा दिने निर्णयसमेत भयो। त्यसपछि २०७८ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँबाटै भर्चुअल माध्यमबाट प्रतिष्ठानको शिलान्यास गरेका थिए।

त्यो शिलान्यासले सप्तरीका बासिन्दामा विकासको आशा जगाए पनि, केही वर्षमै सोही प्रतिष्ठानको पुनः शिलान्यास गरिएको छ। जनमत पार्टीका अध्यक्ष तथा सप्तरी–२ का सांसद डा. सिके राउतले बुधबार आयोजित कार्यक्रममा प्रतिष्ठानको पुनः शिलान्यास गरेका हुन्।

शिलान्यासपछि पत्रकारहरूसँग बोल्दै डा. राउतले पहिलाको गठन आदेशको म्याद सकिएकाले नयाँ गठनसहित पुनः शिलान्यास गरिएको स्पष्ट पारे। उनका अनुसार, “पूर्व प्रधानमन्त्री ओलीको शिलान्यासको म्याद निर्वाचनभन्दा पहिलै सकिएको थियो, त्यसैले त्यसको औपचारिकता अब बाँकी छैन।”

डा. राउतले नयाँ गठन आदेश अनुसार जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकारले प्रतिष्ठान भवन निर्माणका लागि चार करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको जानकारी दिए। यसले अब स्थायीत्वपूर्वक काम अगाडि बढ्ने विश्वास उनले व्यक्त गरे।

 

ताजा समाचार

थप समाचार