Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

तस्कर समात्न खोज्दा सशस्त्रको मोटरसाइकल ठोक्किएर स्थानीयको मृत्यु, सदनमा प्रहरीमाथि कारबाहीको माग

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,२६ वैशाख । तस्करको पिछा गर्ने क्रममा सशस्त्र प्रहरीको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका रौतहटका एक स्थानीयको उपचारको क्रममा मृत्यु भएपछि घटनाले थप राजनीतिक र सामाजिक तरंग ल्याएको छ।

- Advertisement -

कटहरिया नगरपालिका–४ स्थित लालबकैया पुल नजिक बुधबार दिउँसो भएको सो दुर्घटनामा फतुवा विजयपुर–४ टेंग्राहाका ५० वर्षीय अनुठा राय यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि वीरगञ्जस्थित गण्डक अस्पताल लगिएको थियो, तर राति नै निधन भयो।

दुर्घटनामा भारतीय नम्बरको बीआर ३००–७९३६ मोटरसाइकलमा सवार यादव र साथी जिनिस साह ठोक्किएका थिए। भिडन्त सशस्त्र प्रहरी बेस क्याम्प दुधियाभारमा कार्यरत हवल्दार सुवास सिंहले चलाएको बा ८४ प ७३८३ नम्बरको मोटरसाइकल र एक तस्कर चढेको ग ४प ४०७३ नम्बरको मोटरसाइकलसँग भएको थियो।

- Advertisement -

घटनाको विवरण अनुसार, भन्सार छलीका सामानसहित भाग्दै गरेका तस्करलाई सशस्त्र टोलीले रोकेपछि उनले तीव्र गतिमा मोटरसाइकल कुदाए। त्यसपछि सशस्त्रको मोटरसाइकलले पछ्याउँदा कटहरिया बजारबाट फर्किरहेको भारतीय मोटरसाइकलसँग आमने–सामने ठोक्किन पुग्यो।

दुर्घटनापछि स्थानीय आक्रोशित बने। मृतकको शव लिएर नारायणी अस्पतालमा पोष्टमार्टम गरिएको छ भने घटनास्थलमा सशस्त्र प्रहरीमाथि स्थानीयले कुटपिट समेत गरे। विरोधमा स्थानीयले पुल हुँदै चल्ने यातायातसमेत अवरुद्ध गरे।

यस विषयमा आमजनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रतिनिधिसभामा आवाज उठाउँदै सशस्त्र प्रहरीको भूमिका माथि प्रश्न उठाए। उनले तस्कर समात्ने बहानामा जनतालाई जोखिममा पारिएको भन्दै सशस्त्रप्रति कडा कारबाहीको माग गरे। “कमिसनको लोभमा प्रहरी नागरिकमाथि अत्याचार गर्न थालेका छन्, यसमा तत्काल छानबिन र सुधार आवश्यक छ,” उनले भने।

यसबीच सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रवक्ता एसएसपी सुरजसेन ओलीले घटनाबारे सत्यतथ्य अनुसन्धान भइरहेको बताउँदै पीडित परिवारलाई क्षतिपूर्ति दिइने प्रतिबद्धता जनाएका छन्।

इलाका प्रहरी कार्यालय र सशस्त्र टोलीको समन्वयमा दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल नियन्त्रणमा लिइसकिएको छ। घटनाबारे औपचारिक उजुरी प्राप्त भएपछि थप कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

ताजा समाचार

spot_img

थप समाचार