Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...

हिमाचलको सोलानमा ग्यास विस्फोट...

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

बक्यौता महसुल तिर्न ५ प्रतिशत धरौटीसहित पुनरावेदन गर्न प्राधिकरणको आग्रह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२६ वैशाख । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेर महसुल नतिर्ने उद्योगीहरूलाई पुनरावेदनका लागि जेठ मसान्तसम्मको समय दिएको छ। प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै बक्यौता महसुलको ५ प्रतिशत रकम नगद वा एक वर्ष अवधिको ‘क’ वर्गको बैंक ग्यारेन्टी धरौटी बुझाएर पुनरावेदन प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो।

प्राधिकरणका अनुसार डेडिकेटेड फिडर र ट्रंक लाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत् लिई महसुल तिर्न बाँकी रहेका ग्राहकले यो मौका उपयोग गरेर प्रशासकीय पुनरावेदन दर्ता गर्न सक्नेछन्।

यसअघि, २०७८ चैत २९ गतेको बोर्ड बैठकले धरौटी २५ प्रतिशतबाट घटाएर ५ प्रतिशत बनाउने निर्णय गरेको थियो। तर हालसम्म कसैबाट पुनरावेदन दर्ता नभएको प्राधिकरणले जनाएको छ। वैशाख २१ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले एक महिनाभित्र पुनरावेदन दर्ता गराउन सूचना जारी गर्ने निर्णय गरेअनुसार यो प्रक्रिया अघि बढाइएको हो।

विद्युत् वितरण विनियमावली, २०७८ को विनियम ५५ अनुसार बक्यौता ग्राहकहरूले आफ्नो दाबीलाई पुनरावलोकन गराउन पुनरावेदन दर्ता गराउन सक्ने प्रावधान छ। सूचनामा भनिएको छ, “उक्त अवधि भित्र पुनरावेदन नआएमा तोकिएको बक्यौता विद्युत महसुल बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ।”

 

ताजा समाचार

थप समाचार