Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

आतंकवादी गतिविधिमा नेपाली भूमि प्रयोग हुन दिने छैन: मन्त्री लेखी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२६ बैशाख । मधेश प्रदेश सरकारका प्रवक्ता एवम् गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले प्रदेश सुरक्षा समितिको बैठकमा छिमेकी मुलुक भारत र पाकिस्तानबीच बढेको तनावमा नेपालले कसैलाई पनि आफ्नो भूमि प्रयोग गर्न नदिने बताएका छन् ।

शुक्रबार मधेश प्रदेशको सुरक्षा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री लेखीले काश्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित भारत–पाकिस्तान घटनाक्रमलाई मध्यनजर गर्दै नेपाली भूमिबाट आतंकवादी संगठनहरुले आपराधिक गतिविधि गर्न सक्ने भएको हुँदा प्रदेशका चार वटै सुरक्षा निकायलाई त्यस्ता गतिविधिको निगरानी गर्न निर्देशन दिएका छन् ।

बैठकमा बोल्दै मन्त्री लेखीले सीमा सुरक्षा, लागुऔषध दुव्र्यसन, विपद् व्यवस्थापन लगायत जस्ता प्रदेशका संवेदनशील सुरक्षा मुद्दाहरुलाई प्रभावकारी रुपमा कार्यसम्पादन गर्न निर्देशन दिए । बैठकमा मन्त्री लेखीले सरुवा भइ मधेश प्रदेश आएका प्रहरी प्रमुखहरुलाई दोसल्ला ओढाएर स्वागत गरेका थिए ।

बैठकमा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मदन भुजेल, प्रदेश सचिव बिमल प्रसाद बराल, धनुषाको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजाल, नेपाली सेना मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबासका सहायक रथी भुवन खत्री, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी २ नम्बर बाहिनीका प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश कार्यालय जनकपुरधामका निर्देशक माधव प्रसाद तिमिल्सिनासहित प्रदेश तथा धनुषा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

थप समाचार