Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

सिम्रौनगढ आउँदा भावुक हुन्छु’ — जनमत अध्यक्ष डा. सीके राउत

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,२७ वैशाख । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले ऐतिहासिक सहर सिम्रौनगढले आफूलाई भावुक बनाउने बताएका छन्। शुक्रबार बाराको सिम्रौनगढमा आयोजित पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै उनले यो भूभागको गौरवशाली इतिहासको चर्चा गरे।

- Advertisement -

“सिम्रौनगढले काठमाडौंमाथि पटक–पटक आक्रमण गरी कब्जा गरेको ऐतिहासिक तथ्य छ,” राउतले भने, “हामी कुनै समय शक्तिशाली राज्यका नागरिक थियौं। त्यस गौरवलाई सम्झँदा म सधैं भावुक बन्छु।” उनले यो भूमि आफूलाई उर्जा दिने बताउँदै, आजको सन्दर्भमा त्यो ऐतिहासिक सन्देशलाई पुनः जागृत गरिनु पर्नेमा जोड दिए।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, आम जनता पार्टी लगायतका नेताहरू जनमत पार्टीमा प्रवेश गरेका हुन्। नेपाली कांग्रेसका युवा नेता अजित महतो र मनोज साह सोनारको नेतृत्वमा ठूलो संख्यामा कार्यकर्ताहरू जनमतमा आबद्ध भएका छन्।

- Advertisement -

नवप्रवेशीहरूलाई डा. राउतले मधेशको सांस्कृतिक पहिचान झल्काउने गम्छा, फुलमाला र अबिर लगाएर स्वागत गरे। कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, पार्टीका संगठन विभाग प्रमुख डा. जयकान्त राउत, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अली मियाँ, पूर्व कृषि मन्त्री बसन्त कुशवाहा, बारा जिल्ला इन्चार्ज शिवनाथ पटेल लगायत नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ताजा समाचार

spot_img

थप समाचार