Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
18.7 C
Kathmandu
28.6 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जमा वर्षौंदेखिको सडक अतिक्रमण हटाइयो

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२७ वैशाख । बीरगन्ज महानगरपालिकाको वडा नम्बर २१ मा अवरुद्ध रहेको सडक विस्तार कार्यलाई अघि बढाउन वर्षौंदेखि भइरहेको अतिक्रमण अन्ततः हटाइएको छ। परवानीपुर चोकदेखि पटेलनगरसम्मको सडक खण्डमा रहेका टहरा र अवैध संरचनाहरू शुक्रबार हटाइएको हो।

- Advertisement -

आर्थिक वर्ष २०७५/७६ मै पप्पु कन्स्ट्रक्सन र स्वच्छन्द निर्माण सेवाले संयुक्त रुपमा सडक स्तरोन्नति तथा विस्तारको ठेक्का लिएको भए पनि अतिक्रमण नहटेकाले काम रोकिएको थियो। सडकको दायाँ–बायाँ सरकारी जमिन अतिक्रमण गरी बनाइएका संरचनाले वर्षौंदेखि विकास रोकिएको थियो।

महानगर प्रमुख राजेशमान सिंहको विशेष निर्देशनमा अतिक्रमण हटाउने कार्य अघि बढाइएको हो। सिंहको निर्देशनपछि भौतिक अतिक्रमण नियन्त्रण समितिले शुक्रबार रामनारायण साह, प्रभु महतो, राजाराम यादव, राजेश महतोलगायतका व्यक्तिहरूले सरकारी जमिनमा बनाएका टहरा र संरचनाहरू हटाएको छ।

- Advertisement -

स्थानीय बासिन्दाहरूलाई आवत–जावतमा परेको समस्या र सडक साँघुरो हुँदा बढेको ट्राफिक जामलाई ध्यानमा राखी मेयर सिंहले समस्या समाधानका लागि तत्काल कारबाही अघि बढाएका थिए।

अतिक्रमण हटाउने कार्यमा समितिका सल्लाहकार हरि पोखरेलको नेतृत्वमा अमिनसहितको प्राविधिक टोली खटिएको थियो। साथै, वडाध्यक्ष राधाकृष्ण रौनियार, मेयरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरिप्रसाद भुसालसहितको टोलीको सक्रिय सहभागिता रहेको थियो।

ताजा समाचार

spot_img

थप समाचार