Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...

हिमाचलको सोलानमा ग्यास विस्फोट...

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

सिरहामा शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२७ वैशाख । सिरहाको गोलबजार नगरपालिका–७ स्थित एक निजी विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि शिक्षकले गरेको निर्घात कुटपिटको घटना सार्वजनिक भएको छ। एपेक्स विद्या मन्दिरका शिक्षक सन्तोष गुप्ताले कक्षा ८ मा अध्ययनरत १३ वर्षीय अविनाश यादवलाई शारीरिक रूपमा आक्रोशपूर्वक कुटपिट गरेका हुन्।

नरहा गाउँपालिका–३ खोरियाका सुरेश यादवका छोरा अविनाशको अनुहार, पिठ्युँ, तिघ्रालगायत शरीरका विभिन्न भागमा निलडाम देखिएको छ। कुटपिटपछि उनलाई तत्काल गोलबजारस्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ।

पीडितका पिता सुरेश यादवका अनुसार छोराले शिक्षकसँग पढाइको गुणस्तरप्रति गुनासो गरेपछि गुप्ता रिसाउँदै कुटपिटमा उत्रिएका थिए। “सामान्य गुनासो गर्दा पनि यस्तो स्तरको हिंसा हुनु निन्दनीय छ,” उनले भने।

उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारले शिक्षक गुप्तालाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान अघि बढाएको छ। प्रहरी निरीक्षक गोविन्द साहका अनुसार शिक्षकविरुद्ध आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको छ।

घटनापछि विद्यालय प्रशासनको भूमिकाबारे प्रश्न उठेको छ। विद्यालय सञ्चालक विजय महतोलाई सम्पर्क गर्न खोज्दा प्रतिक्रिया लिन सकिएको छैन।

विद्यालयभित्र बालबालिकामाथि हुने हिंसाका घटनाहरूले शैक्षिक वातावरणमै प्रश्न उठाइरहेका बेला सिरहाको यो घटनाले पुनः शून्य सहनशीलताको आवश्यकतालाई औंल्याएको छ।

ताजा समाचार

थप समाचार