Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

सप्तरीमा झुन्डिएको अवस्थामा दुई जनाको शव फेला, एकको शव कार्यालय प्रमुखको कोठामै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०५ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिकामा दुई छुट्टाछुट्टै स्थानमा झुन्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ। एकजना किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी छन् भने अर्का युवकको शव एक कार्यालयको प्रमुखको कार्यकक्षमै झुण्डिएको अवस्थामा भेटिएको हो।

कञ्चनरुप नगरपालिका–३, तत्मा टोल निवासी शंकर दासकी १७ वर्षीया छोरी नन्दनी कुमारी दास आइतबार दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। घटनाको समय घरमा अन्य कोही नभएको र उनले घरको माथिल्लो तलामा साडीको पासो लगाएर झुन्डिएको प्रारम्भिक विवरण प्रहरीले जनाएको छ।

त्यसैदिन, कञ्चनरुप–८ मा रहेको चन्द्र नहर सिँचाइ उपभोक्ता संस्थाको कार्यालयमा २० वर्षीय कमलकान्त महात्मा यादवको शव कार्यालय प्रमुखकै कोठामा झुन्डिएको अवस्थामा भेटिएको हो। उनी तिरहुत गाउँपालिका–३, गोइठीका बासिन्दा हुन्।

कमलकान्तका बुबा सोही सिँचाइ कार्यालयमा सुरक्षा गार्डको रूपमा कार्यरत छन् र उनी बुवासँगै बस्दै आएका थिए। घटनाको बेला कार्यालय बन्द रहेको र कोही पनि व्यक्ति नभएको प्रहरीले जनाएको छ।

दुवै घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुगेको थियो। सिँचाइ कार्यालयको घटनामा प्रहरी निरीक्षक माधव प्रसाद काफ्लेको नेतृत्वमा अनुसन्धान टोली खटिएको छ।

दुवै घटनालाई प्रहरीले प्रारम्भिक रूपमा आत्महत्या हुनसक्ने अनुमान गरेको छ, तर विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ। दुवै शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ।

ताजा समाचार

थप समाचार