Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025
Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

इजरायल–इराक युद्ध प्रभावित नेपालीका...

काठमाडौं,०६ असार । इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले...

पोखरिया नगरपालिका भ्रष्टाचार प्रकरणः...

बीरगन्ज,०६ असार । भ्रष्टाचारसम्बन्धी उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सास्थित पोखरिया नगरपालिकामा...

फेटा गाउँपालिकाद्धारा ४० करोडको...

बीरगन्ज,०६ असार ।  बारा जिल्लाको फेटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...

नन्दु हत्या प्रकरणमा पाँच...

बारा,०६ असार । बाराको कलैया उपमहानगरपालिका–१४ मा जेठ २९ गते घटेको नन्दु राउत...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
33 C
Birgunj
spot_imgspot_imgspot_img

आज देशभर बदली मौसम, केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०६ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

- Advertisement -

जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी प्रदेश प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ताजा समाचार

spot_img

थप समाचार