Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

पर्साको सखुवा प्रसौनीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु, अध्यक्ष यादवद्वारा उद्घाटन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०६ जेठ । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२, औराहा पचगावामा मंगलबारदेखि राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष यशवन्त यादवले गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष यादवले स्वस्थ जीवनशैलीका लागि खेलकुद अत्यावश्यक रहेको बताए। उनले विद्यालयस्तरका यस्ता प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन भइरहेकाले पालिकाले हरेक वर्ष नियमित रूपमा यो प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए। यादवले खेलकुदले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यमका रूपमा समेत काम गर्ने उल्लेख गरे।

दीपनारायण आदर्श उच्च माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगिता जेठ ८ गतेसम्म सञ्चालन हुने छ। गाउँपालिकाका शिक्षा शाखा प्रमुख नेपालेन्दु साहका अनुसार प्रतियोगितामा पालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरू सहभागी छन्।

प्रतियोगितामा दौड, हाई जम्प, लङ जम्प, सटपुट, भलिबल, कबड्डी लगायतका विभिन्न खेलहरू समावेश गरिएको छ।

कार्यक्रम वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महत्तो थारुको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा उपाध्यक्ष शर्मिला विष्ट, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

ताजा समाचार

थप समाचार