Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025
Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

इजरायल–इराक युद्ध प्रभावित नेपालीका...

काठमाडौं,०६ असार । इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले...

पोखरिया नगरपालिका भ्रष्टाचार प्रकरणः...

बीरगन्ज,०६ असार । भ्रष्टाचारसम्बन्धी उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सास्थित पोखरिया नगरपालिकामा...

फेटा गाउँपालिकाद्धारा ४० करोडको...

बीरगन्ज,०६ असार ।  बारा जिल्लाको फेटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...

नन्दु हत्या प्रकरणमा पाँच...

बारा,०६ असार । बाराको कलैया उपमहानगरपालिका–१४ मा जेठ २९ गते घटेको नन्दु राउत...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
33 C
Birgunj
spot_imgspot_imgspot_img

पर्साको सखुवा प्रसौनीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु, अध्यक्ष यादवद्वारा उद्घाटन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०६ जेठ । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२, औराहा पचगावामा मंगलबारदेखि राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष यशवन्त यादवले गरेका हुन्।

- Advertisement -

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष यादवले स्वस्थ जीवनशैलीका लागि खेलकुद अत्यावश्यक रहेको बताए। उनले विद्यालयस्तरका यस्ता प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन भइरहेकाले पालिकाले हरेक वर्ष नियमित रूपमा यो प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए। यादवले खेलकुदले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने माध्यमका रूपमा समेत काम गर्ने उल्लेख गरे।

दीपनारायण आदर्श उच्च माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगिता जेठ ८ गतेसम्म सञ्चालन हुने छ। गाउँपालिकाका शिक्षा शाखा प्रमुख नेपालेन्दु साहका अनुसार प्रतियोगितामा पालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरू सहभागी छन्।

प्रतियोगितामा दौड, हाई जम्प, लङ जम्प, सटपुट, भलिबल, कबड्डी लगायतका विभिन्न खेलहरू समावेश गरिएको छ।

कार्यक्रम वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महत्तो थारुको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा उपाध्यक्ष शर्मिला विष्ट, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

ताजा समाचार

spot_img

थप समाचार