Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026

पर्सा – १ मा...

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

मन्त्री जगदीश खरेल रास्वपाबाट...

काठमाडौँ,०५ माघ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा...

पोखराबाट दुर्गा प्रसाईं पक्राउ

पोखरा,०५ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा...

बारामा नेकपाले टुंग्यायो उम्मेदवार,...

बारा,०५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाराका चारवटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार...
spot_imgspot_imgspot_img
8.2 C
Kathmandu
14.5 C
Birgunj
spot_img

मधेशको वन मन्त्रालयमा सर्वोच्चको आदेशको अवहेलना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०६ जेठ । मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयमै कानुनको उपहास भएको देखिएको छ । सो मन्त्रालयमै अवकाश पाइसकेका कर्मचारीहरूले गैरकानुनी रूपमा अझै सेवा दिइरहेको देखिएको छ ।

मन्त्रालय प्रशासन सेवाअन्तर्गतका सहायक शाखा अधिकृत रामवल्लभ मिश्र र वन सेवाअन्तर्गतका उपसचिव विपिनकुमार झाले निजामती सेवा ऐनअनुसार ५८ वर्ष उमेर पूरा गरी अवकाशको सीमा नाघिसकेको जनाइएको छ । मिश्र र झाले उमेर हदका कारण गत पुसमै अवकाशमा जानुपर्ने छ । तर उनीहरू प्रदेश निजामती कर्मचारी ऐनअनुसार उमेर ६० वर्ष हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरी जागिरलाई निरन्तरता दिएका छन् ।

सर्वोच्च अदालतले भने १२ फागुन २०८१ मा सोसम्बन्धी मुद्दाको रिट नै खारेज गरिए पनि मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले सर्वोच्च अदालतको आदेश उल्लंघन गर्दै ती कर्मचारीहरूसँग अझै मन्त्रालयको कार्य सम्पादन गराइरहेका छन् । मन्त्रालयभित्र उपसचिव अञ्जना कायस्थ श्रेष्ठ, दीपनारायण साहलगायत केही कर्मचारीको सञ्जाल बनाएर सचिव घिमिरेले आर्थिक अनियमितता गर्ने गरेको कर्मचारीहरूको आरोप छ ।

नेपाल वन प्राविधिक संघका केन्द्रीय उपाध्यक्ष तथा मन्त्रालयका उपसचिव सुजितकुमार झाले केही दिनअघि सामाजिक सञ्जालमार्फत मन्त्रालयको अवस्था गम्भीर रहेको भन्दै टिप्पणी गरेका थिए । मन्त्रालयको योजना कार्यान्वयनमा उदासीनता, बिनाअनुगमन भत्ता लिने, मनोमानी सरुवा गर्ने, बारम्बार काठमाण्डु जानु र अत्यधिक सेवासुविधा लिनेजस्ता व्यवहारले मन्त्रालय अस्तव्यस्त बनेको भन्दै वनमन्त्री त्रिभुवन साहले करिब एक महिनाअघि सचिव घिमिरेलाई हप्काएका थिए ।
तर, अदालतको आदेश बेवास्ता गर्दै सचिव घिमिरेले ती दुई कर्मचारीलाई मन्त्रालय सचिवालयमै निरन्तर कार्यमा खटाउँदै आएका छन् । यता सचिव घिमिरेले अदालत वा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बाट अवकाश पाइसकेका कर्मचारी हटाउन परिपत्र नआउँदा समस्या भएको छ ।

ताजा समाचार

थप समाचार