Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध...

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता...

पर्सामा प्रतिनिधिसभा निर्वाचन: चार...

  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन...

पूर्वमुख्यमन्त्री सिंहले सप्तरी–२ बाट...

सप्तरी,०६ माघ । पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा...

प्रतिनिधिसभा निर्वाचनका लागि भारतबाट...

काठमाडौँ,०६ माघ । भारत सरकारले नेपालको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापनका लागि ५३८ वटा सवारी...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

अवैध चोरी निकासी नियन्त्रणमा बीरगन्जमा सुरक्षा कडा, ८ ठाउँमा सिसी क्यामेरा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०६ जेठ । अवैध चोरी निकासी तस्करी नियन्त्रण गर्ने उद्देश्यले वीरगञ्जका आठ प्रमुख स्थानमा सिसी क्यामेरा जडान गरिएको छ। स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको निर्णयअनुसार छपकैया, सिर्सिया, बलिरामपुर, अलौँ लगायतका ठाउँहरूमा दुई-दुई सिसी क्यामेरा राखेर कुल आठ क्यामेरा स्थापना गरिएको छ।

आइतबार क्यामेरा जडान गर्ने क्रममा केही स्थानमा भन्सार कर्मचारीलाई अवरोध गरेपछि सोमबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको नेतृत्वमा सुरक्षा टोलीसहित पुनः टोली खटाइएको थियो।

कार्यक्रममा भन्सार प्रमुख दीपक लामिछाने, प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी बलका गणपति राधेश्याम धिमाल लगायतले पनि सहभागी भएर संयोजन गरेका थिए।

प्रजिअ अर्यालले भने, “समितिको निर्णय अनुसार चोरी निकासी तस्करी हुन सक्ने संवेदनशील स्थानहरूमा क्यामेरा जडान गरिएको हो। यसले तस्करी नियन्त्रणमा मनोवैज्ञानिक दबाब सिर्जना गर्ने सुरक्षाकर्मीमाथिको दुर्व्यवहार न्यूनीकरणमा सहयोग पुग्ने विश्वास छ।”

भन्सार प्रमुख लामिछानेले भने, “पहिलो चरणमा कार्यालयको आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरी क्यामेरा जडान गरिएको हो। आगामी दिनमा पर्सा बाराका साना भन्सार कार्यालय नाकामा पनि निगरानी प्रणाली विस्तार गरिनेछ।”

स्थानीय प्रशासनले सिसी क्यामेराको प्रभावकारी निगरानीमार्फत भन्सार छली तस्करीमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न योजना बनाएको छ।

ताजा समाचार

थप समाचार