Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

वीरगन्ज–८ मा सयौँ नेता–कार्यकर्ता...

वीरगन्ज,माघ २४ । वीरगन्ज महानगरपालिका–८ मा विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले)...

प्रधानमन्त्री कार्कीले अभिनेता थापाको...

काठमाडौं,२४ माघ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको...

आइतबार जुममार्फत कांग्रेस केन्द्रीय...

काठमाडौं,२४ माघ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। कांग्रेस...

नेपाल–भारत सीमा सुरक्षा र...

इटहरी,२४ माघ । खुला सीमा रहेका नेपाल र भारतबिच सीमा सुरक्षा मजबुत बनाउने...
spot_img

सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएको ८१ हजार भन्दा बढी लागुऔषध ट्याब्लेट बरामद

spot_img

वीरगंज,६ जेठ – सशस्त्र प्रहरी बल नेपाल, गण नम्बर १३ हे.क्वा. पर्साबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ।

वीरगंज महानगरपालिका–२ स्थित भगुवा नाकामा सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले Tramol–50 mg (Tramadol Hydrochloride) नामक लागुऔषध ८१ हजार ४ सय ९० ट्याब्लेट बरामद गरेको हो।

भारतबाट दुई जना व्यक्ति टाउकोमा बोकि नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि उनीहरू लागुऔषध छाडी फर्केर भारततर्फ भागेका थिए।

उक्त लागुऔषध नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए।

सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार र अवैध क्रियाकलाप नियन्त्रणमा सक्रियता बढाएको सूचना अधिकारी सिंहले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय