राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त गर्ने सहमति

spot_img

काठमाडाैं,०६  नेपाल राष्ट्र बैंकको गभर्नर पदमा कांग्रेस निकट अर्थविद् विश्व पौडेललाई नियुक्त गर्ने सहमति सत्तारूढ दलहरूबीच बनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार भएको छलफलमा पौडेलकै नाममा सहमति जुटेको स्रोतले जनाएको छ।

सहमति बनेसँगै गभर्नर छनोटका लागि गठन गरिएको सिफारिस समितिको बैठक बोलाउने तयारी भएको छ। समितिको निर्णयपछि मन्त्रिपरिषद्बाट पौडेलको नियुक्ति औपचारिक रूपमा टुंगो लगाइनेछ।

अर्थशास्त्रमा गहिरो पकड भएका पौडेल यसअघि योजना आयोगका उपाध्यक्ष, विश्व बैंकका सल्लाहकारलगायत पदमा रहेर काम गरिसकेका छन्। उनी कांग्रेस निकट मानिए पनि बहालवाला सरकारको समर्थनमा सहमति जुट्नु पछाडि प्रमुख दलहरूको आपसी समन्वय रहेको बताइएको छ।

राष्ट्र बैंकको गभर्नर पदमा नयाँ नियुक्ति आवश्यक भएपछि केही नामहरू चर्चामा आए पनि अन्ततः पौडेलको नाममा दलहरू सहमत भएका हुन्।

spot_img

ताजा अपडेट

लोकप्रिय