Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025
Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

इजरायल–इराक युद्ध प्रभावित नेपालीका...

काठमाडौं,०६ असार । इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले...

पोखरिया नगरपालिका भ्रष्टाचार प्रकरणः...

बीरगन्ज,०६ असार । भ्रष्टाचारसम्बन्धी उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सास्थित पोखरिया नगरपालिकामा...

फेटा गाउँपालिकाद्धारा ४० करोडको...

बीरगन्ज,०६ असार ।  बारा जिल्लाको फेटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...

नन्दु हत्या प्रकरणमा पाँच...

बारा,०६ असार । बाराको कलैया उपमहानगरपालिका–१४ मा जेठ २९ गते घटेको नन्दु राउत...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
33 C
Birgunj
spot_imgspot_imgspot_img

४० प्रतिशत मुसहर महिला अझै नागरिकताविहीन : मुख्यमन्त्री सिंह

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०६ जेठ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले मुसहर समुदायका ३०/४० प्रतिशत महिलाहरू अहिले पनि नागरिकताविहीनको अवस्थामा रहेको बताएका छन् ।

- Advertisement -

ऋषिवंश एकता सेवा समाज नेपालको छैटौँ साधारणसभा तथा वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘यो एउटा गम्भीर समस्या हो, उनको भनाइ छ ।’

उनले नागरिकता नभएका कारणले मुसहर समुदायले शिक्षा, स्वास्थ्य तथा रोजगारीलगायत मौलिक हक तथा अधिकारबाट बञ्चित हुनुपरेको तथ्य प्रस्तुत गरे ।

मुख्यमन्त्री सिंहले जबसम्म मुसहरलगायत दलित समुदाय शिक्षाबाट वञ्चित रहन्छ, तबसम्म उनीहरू आफ्नो अधिकारका लागि लड्न नसक्ने भएकाले दलित शिक्षामा जोड दिनुपर्ने बताए । उनले शिक्षा नै सशक्तिकरणको मूल आधार भएकाले अबको आन्दोलन कलम तथा किताबका लागि हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री सिंहले मुसहर समुदायका अभिभावकहरूलाई आफ्ना बालबालिकालाई न्यूनतम एसइईसम्म पठनपाठन गराउनुपर्ने तथा बालविवाह रोकेर २० वर्ष पुगेपछि मात्र छोराछोरीको विवाह गर्न सुझाव दिए ।

उक्त अवसरमा मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष डा सोहन साहले गुणस्तरीय शिक्षाको विकासमा मधेश प्रदेश सरकार लागिपरेकाले सबैले आफ्नो छोराछोरीको शिक्षामा जोड दिनुपर्ने विचार व्यक्त गरे ।

सो संस्थाका अध्यक्ष लोचन सदाको अध्यक्षतामा भएको सो कार्यक्रममा हंसपुर नगरपालिकाका पूर्वनगरप्रमुख रामज्ञान मण्डल तथा समाजसेवी चन्देश्वर सदाले पनि मुसहर जातिको आर्थिक तथा सामाजिक अवस्थाबारे जानकारी गराएका थिए ।

ताजा समाचार

spot_img

थप समाचार