बीरगन्ज,०६ जेठ । पर्सा जिल्ला बीरगन्ज महानगरपालिका–२ स्थित भकुवा नाकामा सशस्त्र प्रहरीले भारतबाट नेपाल भित्रिने क्रममा ठूलो मात्रामा ट्रामोल ५० एमजी लागुऔषध बरामद गरेको छ। उनीहरूले ८१ हजार ४ सय ९० ट्याब्लेट ट्रामोल बरामद गरेका छन्।


सशस्त्र प्रहरी बल नेपाल गण नं. १३, हेड क्वार्टर पर्साबाट नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहको नेतृत्वमा खटिएको टोलीले नियमित गस्तीका क्रममा भारतबाट दुई जना व्यक्तिहरूलाई लागुऔषध बोकेर नेपाल प्रवेश गर्ने क्रममा शंका लिएर नियन्त्रणमा लिन खोज्दा ती व्यक्तिहरू लागुऔषध त्यही छोडेर भागेका थिए।
बरामद लागुऔषध जिल्ला प्रहरी कार्यालय पर्सामा अनुसन्धानका लागि बुझाइएको छ। सशस्त्र प्रहरी बलका सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले अवैध लागुऔषध र अपराधविरुद्ध सशस्त्र प्रहरी निरन्तर सतर्क रहेको र जनताको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन्।