Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

एमाले महासचिव पोखरेलद्वारा राजावादी आन्दोलनको कडा आलोचना,जनविरोधी प्रयास

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु हुने राजावादी आन्दोलनलाई नेपाली जनताको विरुद्धको काम र गणतन्त्रको उपलब्धिमाथिको साजिश भएको आरोप लगाएका छन्। मंगलबार दाङमा आयोजित ४१ औं नेत्रलाल पौडेल ‘अभागी’ स्मृति दिवसमा बोल्दै पोखरेलले राजसंस्थाका समर्थकहरूले भ्रम फैलाएर निरंकुशताको पक्षपोषण गर्दै जनअधिकारमाथि प्रहार गरिरहेको बताए।

पोखरेलले भने, “राजसंस्था कहिल्यै जनताको हितमा थिएन। उनीहरूले निरंकुश शासनमार्फत जनता शोषणमा राखे।” उनका अनुसार राजावादी आन्दोलन कुनै पार्टीविरुद्ध नभई नेपाली जनताको सार्वभौम अधिकारमाथिको चुनौती हो।

साथै, उनले सबैमा सचेत भएर यसलाई असफल बनाउने कार्यमा एमाले अगाडि रहने बताए।

उनी युवाहरूको विदेश पलायनबारे पनि चिन्तित देखिए। पोखरेलले भने, “देश छोडेर विदेश गएर विकास हुँदैन, आफ्नै देशमै पसिना बगाउनुपर्ने आवश्यकता छ।” उनले विदेश जाने युवाको पीडा बुझ्ने भए पनि यो प्रवृत्ति रोक्न एमालेले सक्रिय नेतृत्व लिने पनि बताए।

ताजा समाचार

थप समाचार