Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

जनतामाथि करको बोझ नबढाउन अध्यक्ष प्रभु साहको सरकारलाई आग्रह

spot_img

काठमाडौं,०८ जेठ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा जनतालाई थप करको भार नबोकाउन सरकारसँग आग्रह गरेका छन्।

बुधबार संघीय संसद् भवनस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष साहले पछिल्ला वर्षहरूमा जनताले करको भार अत्यधिक महसुस गरिरहेको उल्लेख गरे। उनले भने, “जनताले बारम्बार गुनासो गरेका छन् — कर बढेसँगै दैनिक उपभोग्य सामग्रीदेखि व्यवसायसम्म महँगो बनेको छ।”

साहले सरकारलाई विगतमा पनि राज्यले दिनुपर्ने सेवा र सुविधा सरल र सहज बनाउनेतर्फ ध्यान नदिएको आरोप लगाए। कर वृद्धिका कारण उत्पादन, व्यापार र उद्योगमा नकारात्मक असर परेको उनको भनाइ छ।

देशको आर्थिक विकासका लागि वन, जलस्रोतलगायत प्राकृतिक सम्पदाको सही उपयोग आवश्यक रहेको भन्दै उनले राज्यले यी क्षेत्रहरूमा गरेको लगानीको लाभ उठाउन नसकेको टिप्पणी गरे। “राज्य आफैंले चलाउन नसकेको उद्योगधन्दा कसरी कुनै व्यक्ति विशेषले चलाउन सक्छ?” भन्दै उनले वर्तमान कर प्रणालीको पुनरावलोकन जरुरी रहेको धारणा व्यक्त गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय