Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

चितवनमा चट्याङ लागेर एक जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन,०८ जेठ ।  चितवनको इच्छाकामना गाउँपालिकामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना–१ क्याङसिराङका ५१ वर्षीय बिरू चेपाङको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।

बुधबार मध्यान्हको समयमा बिरू चेपाङ आफ्ना भतिजा दिलबहादुर चेपाङसँग हिँड्दै गर्दा बाटोमै चट्याङ परेको थियो। प्रहरीका अनुसार चट्याङ लागेपछि बिरूको तत्कालै ज्यान गएको हो भने दिलबहादुर सामान्य घाइते भएका छन्।

घटना मुग्लिन बजारबाट करिब ४५ किलोमिटर पूर्व-दक्षिणमा पर्ने दुर्गम क्षेत्रमा भएको थियो। प्रहरी टोली राति ९ बजेतिर घटनास्थलमा पुगेको थियो।

बिरू चेपाङको शव पोष्टमार्टमका लागि आज बिहान करिब ३ बजे भरतपुर अस्पताल ल्याइएको प्रहरी प्रवक्ता डिएएसपी रविन्द्र खनालले जानकारी दिए।

ताजा समाचार

थप समाचार