Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025
Date
शुक्र, असार ६, २०८२
Fri, June 20, 2025

इजरायल–इराक युद्ध प्रभावित नेपालीका...

काठमाडौं,०६ असार । इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारले...

पोखरिया नगरपालिका भ्रष्टाचार प्रकरणः...

बीरगन्ज,०६ असार । भ्रष्टाचारसम्बन्धी उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सास्थित पोखरिया नगरपालिकामा...

फेटा गाउँपालिकाद्धारा ४० करोडको...

बीरगन्ज,०६ असार ।  बारा जिल्लाको फेटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...

नन्दु हत्या प्रकरणमा पाँच...

बारा,०६ असार । बाराको कलैया उपमहानगरपालिका–१४ मा जेठ २९ गते घटेको नन्दु राउत...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
33 C
Birgunj
spot_imgspot_imgspot_img

नारायणघाट–मुग्लिङ सडकमा दुई ट्रक ठोक्किँदा ७ जना घाइते

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन,०८ जेठ । चितवनको नारायणघाट–मुग्लिङ सडक खण्डमा आज बिहान दुई ट्रक एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

- Advertisement -

भरतपुर–२९ स्थित सडकखण्डमा नारायणघाटबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको ना ६ ख ९८९७ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन्।

ट्रक ठोक्किँदा दुबै सवारीका अगाडिका भागमा गम्भीर क्षति पुगेको छ। दुर्घटनामा परेका मध्ये ना ६ ख ९८९७ नम्बरको ट्रकमा सवार रौतहट बौदीमाई–७ निवासी २५ वर्षीय जयकान्त राय यादव, हरिशंकर यादव, आकाश यादव, रविकुमार यादव र अनिल कुमार यादव घाइते भएका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक चालक भरतपुर–१२ मुनालचोकका ३७ वर्षीय सन्तोष सुबेदी र अर्को ट्रक चालक रौतहट गरूडा–५ का ३४ वर्षीय धनराज कुमार यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनापछि केही समय अबरुद्ध बनेको सडक हाल पुनः सञ्चालनमा ल्याइएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

ताजा समाचार

spot_img

थप समाचार