spot_img

पत्नीको हत्या गरेका हरिराम पक्राउ

spot_img
spot_img

जनकपुर,०८ जेठ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा पत्नीको हत्या गरेर फरार रहेका हरिराम यादवलाई प्रहरीले पक्राउ गरेको छ।

२० वर्षीया अञ्जली यादवको शव फागुन १७ गते आफ्नै घरको पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो। घटनापछि उनका श्रीमान् हरिराम १० महिनाको छोरीलाई साथमा लिएर फरार भएका थिए।

स्थानीय बासिन्दाका अनुसार हत्या हुनु केही दिनअघि श्रीमान्–श्रीमतीबीच विवाद भएको थियो। श्रीमतीको हत्या भएपछिका महिनौंदेखि फरार रहेका हरिरामलाई धनुषा प्रहरीले खोजी गर्दै आइरहेको थियो।

पक्राउ परे पनि उनका साथमा रहेकी १० महिनाकी छोरीको अवस्थाबारे हालसम्म स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।

धनुषाका प्रहरी प्रमुख एसपी नरहरी रेग्मीका अनुसार घटनाबारे विस्तृत विवरण आज दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय