Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

ऋण तिर्न अटेर गर्दा एमाले नेता अर्याल पक्राउ

spot_img

काठमाडौं,०८ जेठ । दिगो पर्यटन सहकारीबाट लिएको ऋण समयमै नतिरेपछि नेकपा (एमाले) का नेता कृष्ण कुमार अर्याल पक्राउ परेका छन्। ललितपुरको सानेपामा बसोबास गर्दै आएका अर्याललाई प्रहरीले सोह्रखुट्टेमा अवस्थित दिगो पर्यटन सहकारीको उजुरीका आधारमा पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसपी काजी कुमार आचार्यका अनुसार, अर्याललाई बिहीबार पक्राउ गरिएको हो। “सहकारीबाट लिएको ऋण नतिरी अटेर गरेपछि अदालतको फैसला अनुसार पक्राउ गरिएको हो,” उनले बताए।

काठमाडौँ जिल्ला अदालतले २०८० असार २७ गते अर्याललाई १ वर्ष कैद सजायसहित ११ लाख ५० हजार रुपैयाँ बिगो तथा जरिवाना तिर्न आदेश दिएको थियो। तर, अदालतको आदेशलाई वेवास्ता गर्दै अर्याल लामो समयदेखि फरार जस्तै थिए।

अर्याल नेकपा एमालेको पेसागत विशेष प्रदेश कमिटी सदस्य तथा पूर्व नेपाल पर्यटन बोर्डका सदस्य समेत रहेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय