काठमाडाैं,०८ जेठ । तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
चैत १५ गते भएको सो घटनासँग सम्बन्धित अनुसन्धान जारी रहेको भन्दै प्रहरीले हिरासत अवधि थप गर्न माग गरेपछि अदालतले बिहीबार दुई दिनको म्याद थप्ने निर्णय गरेको हो।
काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार, अनुसन्धान अन्तिम चरणमा पुगेको छ र सो प्रकरणको प्रतिवेदन छिट्टै जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भइरहेको छ।
प्रसाईँसहित पक्राउ परेका अन्य व्यक्तिहरूलाई पनि सोही अनुसन्धान अन्तर्गत थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।



