Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

मधेश प्रदेशका तेस्रो सांसद...

जनकपुर,३० जेठ । मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोजसिंह कुशवाहा...

धनुषामा सुनचाँदी व्यवसायीको आन्दोलन...

जनकपुर,३० जेठ ।  सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएको दुई प्रतिशत ‘विलासिता कर’को...

सिरहामा लागुऔषधसहित सात जना...

 जनकपुर,३० जेठ । सिरहा प्रहरीले पछिल्लो तीन छुट्टाछुट्टै कारबाहीमा लागुऔषध कारोबार तथा सेवनमा...

राप्रपाका रविन्द्र मिश्र र...

काठमाडौं,३० जेठ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
40.6 C
Birgunj
spot_imgspot_imgspot_img

मधेस प्रदेशमा हत्या घटना बढ्दै, चार वर्षमा ३८५ जनाको मृत्यु

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२२ जेठ । मधेस प्रदेशमा हत्या घटनाहरूमा आशङ्काजनक वृद्धि देखिएको छ। विगत चार वर्षमा करिब ३८५ नागरिक हत्या हुँदा प्रदेशको शान्ति सुरक्षामा गम्भीर प्रश्नहरू उठेका छन्। प्रदेशका विभिन्न जिल्लाहरूमा श्रृङ्खलाबद्ध रूपमा हत्याका घटना भइरहेका छन्, जसले स्थानीय जनजीवनमा त्रास मच्चाएको छ।

- Advertisement -

प्रदेश प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१ कार्तिक मसान्तसम्म ३८५ जनाको हत्या भईसकेको छ, जसमा १४२ जना महिला पनि छन्। प्रत्येक आर्थिक वर्षमा औसत १०० भन्दा बढी हत्या हुने गरेको देखिन्छ।

विशेषगरी सिरहा जिल्ला ‘रेड जोन’ बनेको छ, जहाँ मात्रै चार वर्षमा ५७ हत्या भइसकेका छन्। सिरहा, बारा र महोत्तरीका केही घटना उदाहरणका रूपमा उल्लेखनीय छन्।

- Advertisement -

सिरहामा गत जेठमा जग्गा विवादका कारण ज्येष्ठ नागरिक मुसहरु यादव कुटपिटपछि मृत्यु भएका थिए।

बारामा करिब ६ महिना अघि प्रहरीले भान्सेको गोली हानेर हत्या गरिएको घटना छ, जुन व्यक्तिगत रिस र आर्थिक लाभका कारण भएको प्रहरीले जनाएको छ।

महोत्तरीमा विवाहेत्तर सम्बन्धका कारण मालती मण्डलको हत्या भएको पुष्टि भएको छ।

प्रहरीका पूर्वअधिकारीहरू र सामाजिक अभियन्ताहरूका अनुसार, मधेसमा हत्या बढ्नुको मुख्य कारण प्रहरीको निष्क्रियता, राजनीतिक संरक्षण, न्यायिक प्रक्रिया ढिलाइ, र जनचेतनाको कमी रहेको छ। छिमेकी भारतसँग खुल्ला सीमा भएका कारण सुरक्षा चुनौती थपिएको छ।

प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले घटनाको ठूलो भाग आवेगमा गरिने हत्या रहेको बताइन् र योजनाबद्ध हत्या कम हुने उल्लेख गरिन्। उनले भने, “प्रहरीको अकर्मण्यताले घटना घटेको भन्न नमिल्ने भए पनि रोकथामका लागि जनचेतना आवश्यक छ।”

चार वर्षमा यति धेरै हत्या हुँदा प्रदेशको सुरक्षामा के कस्तो समस्या छ भन्ने विषयमा अझ गम्भीर विश्लेषण र प्रभावकारी योजना आवश्यक भएको छ।

ताजा समाचार

spot_img

थप समाचार