काठमाडौं,२२ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज पार्टीको काम सकेर सिमराबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं फर्किंदै छन् । उनी केही दिनअघि रौतहट गएका थिए भने त्यहीँ रहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो।


अख्तियारले आयोजना छनोट तथा स्वीकृति प्रक्रियामा अनियमितता गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेपछि नेपालले तय गरेका केही कार्यक्रम स्थगित गर्दै तत्काल काठमाडौं फर्कने निर्णय लिएका हुन्।
स्रोतका अनुसार नेपालले सो प्रकरणलाई राजनीतिक र कानुनी रूपमा जवाफ दिने तयारी थालेका छन्। यसबीच, समाजवादी पार्टीका केही नेताहरूले यसलाई ‘राजनीतिक बदनियत’ का रूपमा व्याख्या गर्दै बयान दिएका छन्। नेपाल काठमाडौं पुगेपछि पार्टी सचिवालय बैठक राखेर भावी रणनीति तय गर्ने तयारीमा छन्।