काठमाडौं,२२ जेठ । मुस्लिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन कोशी प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएको छ । आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आज एक विशेष समारोहका बीच विराटनगरस्थित प्रदेश प्रमुखको निवासमा प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।


सो अवसरमा आयोगका पदाधिकारीसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा आयोगले मुस्लिम समुदायसँग सम्बन्धित गतिविधि, सिफारिस, चुनौती र आगामी योजनाहरू समेटिएको प्रतिवेदन प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख खापुङले मुस्लिम आयोगको प्रतिवेदनप्रति चासो व्यक्त गर्दै आयोगको कार्यप्रति प्रशंसा जनाए र सामाजिक समावेशीता तथा अधिकारको प्रवर्द्धनमा प्रदेश सरकार सधैं सहकार्य गर्न तयार रहेको धारणा राखे । आयोगले वार्षिक प्रतिवेदनमार्फत मुस्लिम समुदायको हक–अधिकार संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कदम चाल्न सरकारलाई सुझाव दिने गरेको छ ।