Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

चितवनमा बिना घूस लाइसेन्स...

भरतपुर,३० जेठ । चितवनको यातायात व्यवस्था कार्यालय र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियार दुरुपयोग...

१० महिनापछि कांग्रेस केन्द्रीय...

काठमाडौं,३० जेठ । नेपाली कांग्रेसले आगामी असार १५ गते दिउँसो १ बजे पार्टी...

शक्तिशाली संरचना बिना विद्युत...

काठमाडौं,३० जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण हाल कठिन...

भिजिट भिसा प्रकरणमा शीर्ष...

काठमाडौं,३० जेठ । भिजिट भिसा प्रकरणको छानबिनका विषयमा लामो समयदेखि अवरुद्ध हुँदै आएको...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
40.6 C
Birgunj
spot_imgspot_imgspot_img

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने विपक्षीको माग

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२३ जेठ । संसद्को गतिरोध अन्त्यका लागि बसेको विपक्षी दलहरूको बैठक सकिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी थिए ।

- Advertisement -

बैठकमा भिजिट भिसा प्रकरणबारे सरकारले छानबिन समिति बनाएर अघि बढ्ने प्रतिबद्धता अघि सार्नुपर्ने निष्कर्षमा नेताहरू पुगेका छन् । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरका अनुसार, सरकारले छानबिन समिति बनाउने प्रतिबद्धता जाहेर गर्नुपनेगरी छलफल अघि बढेको छ ।

यस विषयमा पुनः छलफल गर्ने नेताहरूले बताएका छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो । त्यो भन्दा अगाडि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलोगरी बसेको थियो । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा सरकारको जवाफ माग्दै आएका छन् ।

- Advertisement -

सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा नै मागेको विपक्षी दलहरू पछिल्लो समय सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाए सदन चल्न दिने अवस्थामा पुगेका छन् । तर, सत्तापक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको विषयमा सरकारले छुट्टै अनुसन्धान गर्ने प्रतिबद्धता जनाइरहन आवश्यक नरहेको तर्कमा छन् । सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका बीचमा अनौपचारिक संवाद चलिरहेको छ । प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन ।

ताजा समाचार

spot_img

थप समाचार