Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

सर्लाहीमा तीन मोटरसाइकल आपसमा...

सर्लाही,०७ फागुन । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक बुधबार राति भएको...

एमालेले आज घोषणापत्र सार्वजनिक...

काठमाडौं,०७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज...

‘टिम नेपाल’मार्फत पाँच वर्षमै...

जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र...

लोकतान्त्रिक–प्रगतिशील शक्तिलाई विजयी गराउन...

काठमाडौं,०७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले...
spot_img

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने विपक्षीको माग

spot_img

काठमाडौं,२३ जेठ । संसद्को गतिरोध अन्त्यका लागि बसेको विपक्षी दलहरूको बैठक सकिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी थिए ।

बैठकमा भिजिट भिसा प्रकरणबारे सरकारले छानबिन समिति बनाएर अघि बढ्ने प्रतिबद्धता अघि सार्नुपर्ने निष्कर्षमा नेताहरू पुगेका छन् । नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरका अनुसार, सरकारले छानबिन समिति बनाउने प्रतिबद्धता जाहेर गर्नुपनेगरी छलफल अघि बढेको छ ।

यस विषयमा पुनः छलफल गर्ने नेताहरूले बताएका छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बस्ने तय भएको थियो । त्यो भन्दा अगाडि नै बस्ने भनिएको विपक्षी दलहरूको बैठक केही ढिलोगरी बसेको थियो । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा सरकारको जवाफ माग्दै आएका छन् ।

सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा नै मागेको विपक्षी दलहरू पछिल्लो समय सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्ने प्रतिबद्धता जनाए सदन चल्न दिने अवस्थामा पुगेका छन् । तर, सत्तापक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको विषयमा सरकारले छुट्टै अनुसन्धान गर्ने प्रतिबद्धता जनाइरहन आवश्यक नरहेको तर्कमा छन् । सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका बीचमा अनौपचारिक संवाद चलिरहेको छ । प्रतिनिधिसभा बैठक सुरु हुन सकेको छैन ।

spot_img

ताजा अपडेट

लोकप्रिय