काठमाडौँ,२३ जेठ । इस्लाम धर्मावलम्बीहरूले भोलि शनिबार बकर ईद (ईद–उल–अज्हा) पर्व श्रद्धा र भक्तिसाथ मनाउने भएका छन्। रमजानपछि पर्ने दोस्रो प्रमुख मुस्लिम पर्वका रूपमा बकर ईदलाई मानिन्छ।


यो पर्व इस्लाम धर्मका अनुयायीहरूले हिजरी पात्रोअनुसार मनाउने भएकाले प्रत्येक वर्ष करिब १० दिनअघि सर्छ। यही कारण ३६ वर्षको अवधिमा सबै चाड एकपटक सबै ऋतुमा परिहाल्छ।
बकर ईदको अवसरमा केही मुस्लिम धर्मावलम्बी पवित्रस्थल मक्का मदिनाको हज यात्रामा निस्कने परम्परा पनि छ। नेपालभरिको मुस्लिम समुदायले भोलिको पर्व भव्य रूपमा मनाउन आवश्यक तयारी पूरा गरिसकेको बताइएको छ।

यसैबीच, फागुन १५ गते राजपत्रमा प्रकाशित सूचना र मुस्लिम आयोगको सिफारिस अनुसार, भोलि शनिबारको दिन बकर ईद पर्न आए पनि सार्वजनिक बिदा कायम गरिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ।