नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कार्य विभाजन गरेको छ।


२०८१ साल माघ २७ गते बसेको केन्द्रीय समितिको पहिलो बैठकमा गरिएका निर्णयहरूलाई संगठनले आज सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार, सम्पर्क विभागको प्रमुखको जिम्मेवारी मिरोज अहमदलाई दिइएको छ। यस्तै, बैठकमा विभिन्न प्रदेश, विभाग तथा जिल्लाका इञ्चार्जहरूको जिम्मेवारी पनि तोकिएको जनाइएको छ।

संगठनका अनुसार, निकट भविष्यमै विभिन्न संघर्षका कार्यक्रमहरू सार्वजनिक गरिनेछ। कार्य विभाजनमार्फत संगठनले नयाँ ऊर्जा, दिशा र रणनीतिक धार पाएको भन्दै आफूहरू संघर्षको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
संगठनले विद्यार्थी आन्दोलनलाई सशक्त बनाउँदै समसामयिक राजनीतिक परिवर्तनमा सक्रिय भूमिका खेल्ने उल्लेख गरेको छ।