Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

मधेश प्रदेशका तेस्रो सांसद...

जनकपुर,३० जेठ । मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोजसिंह कुशवाहा...

धनुषामा सुनचाँदी व्यवसायीको आन्दोलन...

जनकपुर,३० जेठ ।  सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएको दुई प्रतिशत ‘विलासिता कर’को...

सिरहामा लागुऔषधसहित सात जना...

 जनकपुर,३० जेठ । सिरहा प्रहरीले पछिल्लो तीन छुट्टाछुट्टै कारबाहीमा लागुऔषध कारोबार तथा सेवनमा...

राप्रपाका रविन्द्र मिश्र र...

काठमाडौं,३० जेठ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
40.6 C
Birgunj
spot_imgspot_imgspot_img

देशभर बकर इद पर्व उत्साहपूर्वक मनाइँदै, ‘कुर्बानी’को धर्मिक र सामाजिक महत्व उच्च

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२४ जेठ ।  नेपाली मुसलमान समुदायले आज बकर इद, अर्थात् इदुल अजहा, धार्मिक श्रद्धा र उत्साहका साथ देशभर मनाइरहेका छन्। रमजान महिनाको ७०औँ दिनमा मनाइने यस पर्वलाई ‘कुर्बानीको पर्व’ पनि भनिन्छ, जुन इस्लाम धर्मको दोस्रो सबैभन्दा ठूलो चाड हो।

- Advertisement -

आज बिहानै देशभरका मस्जिद र इदगाहहरूमा मुस्लिम समुदायको उल्लेखनीय सहभागिता देखिएको छ। राजधानीको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत प्रमुख धार्मिकस्थलमा श्रद्धालुहरूले सामूहिक नमाज अदा गर्दै इदको शुभकामना आदान–प्रदान गरेका छन्।

बकर इदको जड इस्लाम धर्मका पवित्र व्यक्तित्व इब्राहिम (अलैहिस्सलाम) को बलिदानमा निहित छ। धार्मिक विश्वास अनुसार, इब्राहिमले अल्लाहको आदेश पालना गर्दै आफ्ना प्रिय पुत्र इस्माईललाई कुर्बानी दिन तयार भएका थिए। तर, अल्लाहले उनको समर्पण देखेर इस्माईलको सट्टामा एक स्वर्गीय जनावर पठाइदिएका थिए। यही गहिरो धार्मिक घटनालाई सम्झँदै आज पनि विश्वभरका मुसलमानहरू ‘कुर्बानी’ दिने परम्परा निर्वाह गर्दै आएका छन्।

- Advertisement -

बकर इदसँगै मक्का-मदिनामा हज यात्रा गर्ने परम्परालाई पवित्र मानिन्छ। नेपाल सरकारअन्तर्गतको हज समितिबाट नेपालका मुसलमान तीर्थयात्रीहरू हजमा सहभागी हुने गर्छन्। तीर्थ यात्रा गर्न नसक्नेहरूले भने आफ्नो घर वा मस्जिद नजिकै कुर्बानी गरेर पर्व मनाउँछन्।

ताजा समाचार

spot_img

थप समाचार