Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

१० महिनापछि कांग्रेस केन्द्रीय...

काठमाडौं,३० जेठ । नेपाली कांग्रेसले आगामी असार १५ गते दिउँसो १ बजे पार्टी...

शक्तिशाली संरचना बिना विद्युत...

काठमाडौं,३० जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण हाल कठिन...

भिजिट भिसा प्रकरणमा शीर्ष...

काठमाडौं,३० जेठ । भिजिट भिसा प्रकरणको छानबिनका विषयमा लामो समयदेखि अवरुद्ध हुँदै आएको...

सिरहामा मालपोत कर्मचारीको डेराबाट...

सिरहा,३० जेठ । सिरहाको जिल्ला सदरमुकामस्थित मालपोत कार्यालयका कर्मचारी राजकुमार रायको डेराबाट कार्यालयका...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
40.6 C
Birgunj
spot_imgspot_imgspot_img

भिजिट भिसाको आडमा: चार महिनामा २०० भारतीय शंकास्पद तरिकाले विदेश पठाइयो

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२५ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत पछिल्लो चार महिनामा करिब २०० जना भारतीय शिख समुदायका व्यक्तिहरू विभिन्न तेस्रो मुलुकतर्फ शंकास्पद तरिकाले उडेको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिनले त्रासदीपूर्ण अवस्थाको पर्दाफास गर्दै विदेशी उडानको प्रक्रियामा गम्भीर लापरबाही र आर्थिक चलखेल देखाएको छ।

- Advertisement -

छानबिनका क्रममा खुलेअनुसार, तत्कालीन अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईको कार्यकालमा नो अब्जेक्सन लेटर (NOC) बिना नै भारतीय नागरिकहरूलाई तेस्रो मुलुक पठाइएको थियो। यात्रा एजेन्सीका दलालमार्फत आएका ती व्यक्तिहरूलाई प्रतिव्यक्ति झण्डै ४ लाख रुपैयाँ असुली गैरकानुनी ढंगमा विदेशी उडानका लागि पास गराइएको पाइएको छ।

‘नेपाली पोर्ट’ नामक सफ्टवेयरमा यात्रुहरूको फिंगरप्रिन्ट, फोटो र बायोमेट्रिक विवरण राख्ने व्यवस्था भए पनि NOC को अनिवार्यता छुट्याउने छुट्टै प्रविधि नरहेको कमजोरीबाट कर्मचारीहरूले फाइदा उठाएको छ। परिणामतः कागज हेरेर मौखिक अनुमति र सेटिङमार्फत यात्रुहरू विदेश पठाउने चलन मौलाएको छ।

- Advertisement -

भट्टराईले निजी नम्बरमार्फत ग्रिनलाइन होलीडेजका बालकृष्ण खड्कासँग बारम्बार सम्पर्क राख्दै विदेश जानेको सूची स्वीकार गरेको प्रमाण फेला परेको अख्तियार स्रोतले जनाएको छ। ह्वाट्सएपमार्फत सूची पठाउँदा उनले “ओके” भनेर जवाफ फर्काएको पनि भेटिएको छ।

अनुसन्धानमा अझै गम्भीर खुलासा पनि भएका छन्। भारतीय कुख्यात गिरोह ‘लरेन्स विश्नोई’का दुई सदस्य त्यही विमानस्थल प्रयोग गरी मलेसिया पुगेका थिए। त्यसबेला पञ्जाब प्रहरीले काठमाडौंमै गिरोहका सदस्यहरू पक्राउ गरेपछि भारत–नेपाल दुबैतर्फ सुरक्षा चासो गहिरिएको थियो।

त्यस्तै, भारतको गुजरातमा ९५ किलो सुन बरामद भएपछि खोजीमा रहेका आशिफ शाह र जागेश्वर शाह नेपाल प्रवेश गरेर काठमाडौंसम्म आइपुगेका थिए। तर, सूचनाअघि नै आशिफ विमानस्थल सेटिङमार्फत विदेश उडिसकेका थिए भने जागेश्वर शाहलाई दूतावासको जानकारी हुँदाहुँदै भाग्न सहयोग गरिएको प्रमाण फेला परेको छ।

यी खुलासाले त्रिभुवन विमानस्थलमा गम्भीर लापरबाही, भित्री सञ्जाल र भ्रष्टाचारको जालो उजागर गरेको छ। भारतीय दूतावासले समेत यस मामिलामा चासो राख्दै नेपालसँग समन्वय गरिरहेको छ। अख्तियारले यस विषयमा गहिरो अनुसन्धान थालेको र संलग्न कर्मचारीहरूसँग सोधपुछ जारी रहेको बताइएको छ।

ताजा समाचार

spot_img

थप समाचार