Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

मधेश प्रदेशका तेस्रो सांसद...

जनकपुर,३० जेठ । मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोजसिंह कुशवाहा...

धनुषामा सुनचाँदी व्यवसायीको आन्दोलन...

जनकपुर,३० जेठ ।  सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएको दुई प्रतिशत ‘विलासिता कर’को...

सिरहामा लागुऔषधसहित सात जना...

 जनकपुर,३० जेठ । सिरहा प्रहरीले पछिल्लो तीन छुट्टाछुट्टै कारबाहीमा लागुऔषध कारोबार तथा सेवनमा...

राप्रपाका रविन्द्र मिश्र र...

काठमाडौं,३० जेठ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
40.6 C
Birgunj
spot_imgspot_imgspot_img

भिजिट भिसा प्रकरणले फेरि संसद् अवरुद्ध, कांग्रेसको प्रस्तावमा रास्वपा सहमत भएन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२६ जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछि नहटेसँगै आजको संसद् बैठक पनि अनिश्चित बनेको छ । संसद्को गतिरोध अन्त्य गर्नेगरी सत्ता र प्रतिपक्ष दलहरूबीच निरन्तर छलफल जारी छ ।

- Advertisement -

आजै कांग्रेस सांसद पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका थिए । तर, कांग्रेसले अख्तियारमा छानबिन भइरहेको विषयमा संसदीय समिति वा अर्को छानबिन समिति नबनाउने भनेपछि रास्वपा संसद्को अवरोध खुलाउन तयार नभएको हो ।

स्रोतका अनुसार, कांग्रेसले अघि सारेको मध्यमार्गी प्रस्तावमा नेकपा माओवादी केन्द्रले सहमति जनाइसकेको छ । यद्यपि रास्वपा त्यसमा तयार नदेखिएको हो । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार, छानबिन समिति वा संयन्त्र के बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । ‘छानबिन समिति वा संयन्त्र भन्ने छलफल चलिराखेको छ,’ उनले भने, ‘सत्तापक्ष नै छानबिन समिति भन्नेमा तयार नहुँदा आजको संसद् चल्ने वा नचल्ने अनिश्चित भएको छ ।’

- Advertisement -

विपक्षी दलहरूले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणको विषय उठाएर प्रतिनिधि सभाको बैठक चल्न दिएका छैनन् । जेठ १५ गते बजेट ल्याउन दिएता पनि अन्य दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । यसबीचमा प्रतिनिधि सभाका बैठक ११ पटक सूचना टाँस गरेर स्थगित भए । यो पृष्ठभूमिमा सभामुख घिमिरेले अब संसदको अवरोध खुल्ने विषयमा पहल भइराखेको जानकारी सदनलाई गराएका हुन् ।

Leave a Reply

ताजा समाचार

spot_img

थप समाचार