Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

हेटौंडामा ट्रामाडोलसहित दुई युवा पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

हेटौंडा,२६ जेठ ।  मकवानपुर प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका–५ स्थित सानोपोखरा चोकबाट शंकास्पद रूपमा बसिरहेका उनीहरूलाई सोमबार पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बागमती गाउँपालिका–१ घर भई हाल हेटौंडा–५ मा बसोबास गर्दै आएका २४ वर्षीय आशिष अधिकारी र हेटौंडा–२ निवासी २९ वर्षीय विज्ञान डिम्डुङ रहेका छन्।

प्रहरी चौकी चौकीटोलबाट खटिएको टोलीले नियमित गस्तीको क्रममा सानोपोखरास्थित सडक छेउमा बसिरहेका उनीहरूलाई जाँच गर्दा शरीर खानतलासीमा ट्रामाडोलका १६० ट्याब्लेट फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, उनीहरूलाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ। प्रहरीले लागूपदार्थसहितको कारोबारमा संलग्न हुनेहरूलाई नियन्त्रणमा लिन अभियान तीव्र पारेको जनाएको छ।

ताजा समाचार

थप समाचार