Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

मधेश प्रदेशका तेस्रो सांसद...

जनकपुर,३० जेठ । मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोजसिंह कुशवाहा...

धनुषामा सुनचाँदी व्यवसायीको आन्दोलन...

जनकपुर,३० जेठ ।  सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएको दुई प्रतिशत ‘विलासिता कर’को...

सिरहामा लागुऔषधसहित सात जना...

 जनकपुर,३० जेठ । सिरहा प्रहरीले पछिल्लो तीन छुट्टाछुट्टै कारबाहीमा लागुऔषध कारोबार तथा सेवनमा...

राप्रपाका रविन्द्र मिश्र र...

काठमाडौं,३० जेठ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
40.6 C
Birgunj
spot_imgspot_imgspot_img

रौतहटको लालबकैया खोलामा अवैध बालुवा उत्खनन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,२७ जेठ ।  रौतहटको गुजरा नगरपालिका–४ स्थित लालबकैया खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा तीन वटा ट्याक्टर पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल, फर्वाड सुरक्षा बेस जंगल सहिया रौतहटको टोलीले ती ट्याक्टरहरू नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति रौतहटको जिम्मा लगाएको हो।

- Advertisement -

पक्राउ परेका ट्याक्टरहरूमा ना २ त ३५५९, ना ६ त ८५४६ र ना ६ त ९३२ नम्बर रहेका छन्। ती सबैमा अवैध रूपमा बालुवा लोड गरिएको पाइएको थियो।

जिल्ला समन्वय अधिकारी अमितकुमार यादवका अनुसार हरेक ट्याक्टरलाई १० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ भने चालक र सम्बन्धित पक्षलाई भविष्यमा यस्तो कार्य नगर्न चेतावनी दिइएको छ।

- Advertisement -

उनले थपे, “यो कार्य ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, संकलन तथा बिक्री व्यवस्थापनसम्बन्धी मापदण्ड (पहिलो संशोधन) २०७९ र रौतहट जिल्लाको सम्बन्धित कार्यविधि २०७७ को उल्लंघन हो।”

जफत गरिएका नदीजन्य सामग्री गुजरा नगरपालिकाले कानुनी प्रक्रिया पूरा गरी लिलाम गर्नेछ र सोबाट आएको आम्दानी स्थानीय संचित कोषमा दाखिला गरिनेछ।

स्थानीय तह र सुरक्षाकर्मीको संयुक्त पहलमा नियन्त्रणमा लिइएका यस्ता अवैध गतिविधिहरूलाई निरन्तर निगरानी गर्दै कडाइका साथ नियन्त्रण गरिने जिल्ला समन्वय समितिको भनाइ छ।

Leave a Reply

ताजा समाचार

spot_img

थप समाचार