Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

रौतहटको लालबकैया खोलामा अवैध बालुवा उत्खनन

spot_img

रौतहट,२७ जेठ ।  रौतहटको गुजरा नगरपालिका–४ स्थित लालबकैया खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा तीन वटा ट्याक्टर पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल, फर्वाड सुरक्षा बेस जंगल सहिया रौतहटको टोलीले ती ट्याक्टरहरू नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति रौतहटको जिम्मा लगाएको हो।

पक्राउ परेका ट्याक्टरहरूमा ना २ त ३५५९, ना ६ त ८५४६ र ना ६ त ९३२ नम्बर रहेका छन्। ती सबैमा अवैध रूपमा बालुवा लोड गरिएको पाइएको थियो।

जिल्ला समन्वय अधिकारी अमितकुमार यादवका अनुसार हरेक ट्याक्टरलाई १० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ भने चालक र सम्बन्धित पक्षलाई भविष्यमा यस्तो कार्य नगर्न चेतावनी दिइएको छ।

उनले थपे, “यो कार्य ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, संकलन तथा बिक्री व्यवस्थापनसम्बन्धी मापदण्ड (पहिलो संशोधन) २०७९ र रौतहट जिल्लाको सम्बन्धित कार्यविधि २०७७ को उल्लंघन हो।”

जफत गरिएका नदीजन्य सामग्री गुजरा नगरपालिकाले कानुनी प्रक्रिया पूरा गरी लिलाम गर्नेछ र सोबाट आएको आम्दानी स्थानीय संचित कोषमा दाखिला गरिनेछ।

स्थानीय तह र सुरक्षाकर्मीको संयुक्त पहलमा नियन्त्रणमा लिइएका यस्ता अवैध गतिविधिहरूलाई निरन्तर निगरानी गर्दै कडाइका साथ नियन्त्रण गरिने जिल्ला समन्वय समितिको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय