जनकपुर,२८ जेठ । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। मंगलबार बसेको बैठकमा मुख्यमन्त्री सतिस सिंहद्वारा प्रस्तुत नीति तथा कार्यक्रम ध्वनि मतबाट पारित गरिएको हो।


दुई दिनसम्म चलेको छलफलमा सांसदहरूले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए। ती सबै प्रश्नहरूको जवाफ मुख्यमन्त्री सिंहले मंगलबारको बैठकमै दिएका थिए।
नीति तथा कार्यक्रममा संशोधनको माग गर्दै चार जना सांसदले छुट्टाछुट्टै प्रस्ताव दर्ता गरेका थिए। सभामुख रामचन्द्र मण्डलले ती प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि सांसदहरूले अडान नछोडेपछि ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो। परिणामस्वरूप, सबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भए।

पारित प्रक्रिया शान्तिपूर्ण र सर्वसम्मत भएकोले मधेश प्रदेशको राजनीतिक वातावरण सहमतिपूर्ण रहेको सन्देश पनि दिएको छ। विपक्षी दलहरूबाट कुनै आपत्ति नआएकोले सरकारको नीति तथा कार्यक्रममाथि मूलतः सकारात्मक दृष्टिकोण देखिएको विश्लेषण गरिएको छ।
अब नीति तथा कार्यक्रमको कार्यान्वयनमा प्रदेश सरकारको ध्यान केन्द्रित हुने बताइएको छ।